© २०२३
काठमाडौं, २२ मंसिर ।
श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नै पार्टी चुनाव जित्ने र सरकार गठन गर्ने दाबी गरेका छन् ।
काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले आफूहरूले घोषणापत्रमा नै यसबारे उल्लेख गरेको बताए ।
‘जेनजीको आन्दोलनमा भएको तर नबोलिएको एउटा सत्य के हो भने हाम्रो विचारअनुसारको राज्य पनि हुनुपर्छ भन्ने हो । त्यसकारण हामीले घोषणापत्रमै लेखेका छौं,’ साम्पाङले भने ।
‘हामी सरकार गठन गरिसकेपछि हामीले नै जित्छौं, कुनै शंका छ ? हामीले नै जित्छौं, हामीले नै सरकार गठन गर्छौं,’ उनले थपे ।
आफूहरूको नेतृत्वको सरकारले जेनजीको माग सम्बोधन गर्न आयोग बनाउने योजना रहेको पनि साम्पाङले बताए । ‘त्यसपछि जेनजीको एउटा आयोग बनाउछौं ।
जेनजीले के भन्न चाहन्छ भन्ने बुझ्नुपर्छ नि । ८० वर्षको पुस्ता र हिजो अस्तिको युवा पुस्ताले भनेको कुरा बुझ्छ ?’ उनले भनेका छन् । साम्पाङले आफ्नो पार्टीको योजनाले देशमा अग्रगामी छलाङ ल्याउने दाबी पनि गरे ।