ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी 

२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

अचेल अहिले एउटा ट्रेन्ड नै चलेको छ आसन ग्रहण । सरकारी कार्यालय, गैर सरकारी सङ्घ संस्था वा अन्य जो सुकैले गर्ने कार्यक्रममा हुने लम्बेतान आसन ग्रहणले कार्यक्रममा सहभागीहरूलाई वाक्क बनाउने गरेको छ ।

यति सम्मकी कहिलेकाहीँ त मञ्च अघि बस्ने सहभागीको सङ्ख्या भन्दा मञ्चमा बस्ने अतिथिको सङ्ख्या बढी हुने गर्दछ ।

कार्यक्रमको अध्यक्षता र प्रमुख अतिथिको आसन ग्रहण पछि महाभारतको लामो कथा जस्तो अतिथिको लिष्ट उद्घोषकको हातमा पर्छ ।उद्घोषकले अतिथि आसन ग्रहण गराउँदा नै एक घण्टा भन्दा बढी समय लाग्ने कार्यक्रमहरूले सहभागीको बसाई पट्यारलाग्दो हुने गरेको छ ।आसन ग्रहण यतिमा मात्रै सीमित रहँदैन, बिचबिचमा थप आसन ग्रहण गराइन्छ ।

आसन ग्रहण र भाषण समय सान्दर्भिक बने मात्रै आतिथ्ययताको आसन ग्रहणले कार्यक्रमको औचित्य पुष्टि गर्छ तर प्राय सार्वजनिक कार्यक्रममा हुने अनावश्यक आसन ग्रहण र भाषणले कार्यक्रमको मूल मर्म र औचित्यलाई अर्थहीन बनाइदिन्छ ।

कार्यक्रमको शोभा र गरिमालाई अत्यधिक औपचारिकताले बेकामे बनाइदिन्छ ।

पट्यारलाग्दो आसन ग्रहण र औचित्यविहीन समुद्घाटन अर्थहीन, अनावश्यक, अव्यवहारिक र अनुपयुक्त त छँदै छ, यसले कु संस्कृति र चाकरी प्रथालाई समेत प्रवर्द्धन गर्दै छ । यी कु प्रवृत्तिहरूलाई हटाउनु पर्ने आवाजहरू पनि यत्रतत्र उठ्न थालेका छन् ।

मान्छे रिझाउन सहभागीको मनोभाव र परिस्थिति नबुझी वक्ताहरूको लामो लिष्ट जबर्जस्ति सहभागीहरूमा लाद्ने खालको प्रवित्ती मौलाउँदै गएपछि पछिल्लो समय आयोजना भइरहेका कार्यक्रमहरूमा सहभागीको सङ्ख्या समेत घट्दै गएको छ ।

कतिपय कार्यक्रममा कार्यक्रमको उद्देश्य एकातिर बोल्ने वक्ताहरूको सन्दर्भ अर्कै तिर बरालिरहँदा सहभागीलाई ऊर्जा हैन आलसयता बाहेक अरू केही दिँदैन ।

समयको उचित सदुपयोग गरी सार्वजनिक कार्यक्रमलाई उद्देश्य अनुरूप डोर्‍याउन नसक्दा कहिलेकाहीँ त प्रमुख अतिथि बोल्ने समय आउँदा सहभागीहरू कार्यक्रम स्थलबाट बाहिरी सकेका हुन्छन् । यस्ता घटनाहरू पछिल्लो समय कार्यक्रममा प्रशस्त देख्न र सुन्न पाइन्छ ।

कार्यक्रममा बोल्ने वक्ताहरूले पनि कार्यक्रमको उद्देश्य अनुसारका विषय उठान गर्न नसक्नु र अविरल धारावाहिक भाषणले जो कोहिले अचेल कार्यक्रममा उपस्थित हुने जाँगर नै चलाउदैनन ।

नेपाली समाजमा अत्यन्तै फस्टाउँदै गएको यो आसन ग्रहण र भाषण ग्रहणको संस्कृतिले कार्यक्रम भन्दा पनि कहिलेकाहीँ वक्तृत्वकला वा हाजिरी जवाफ प्रतियोगिता जस्तो आभास दिलाउँछ ।

उदाहरणकै रूपमा प्रस्तुत गर्दा खानेपानीको कार्यक्रममा बोल्ने वक्ताले बन जङ्गलको र शिक्षा सम्बन्धी कार्यक्रममा बोल्ने वक्ताहरूले सडक पूर्वाधार लगायत कुरा गरेर कार्यक्रमको उद्देश्यलाई नै बिषयान्तर गर्ने गर्दछन् ।

अधिकांश कार्यक्रमहरू राजनीतिक भाषण गर्ने प्लेटफर्मको रूपमा प्रयोग हुँदै आएका छन् । कहिलेकाहीँ त सहभागीलाई छुट्टाउनै कठिन हुन्छ कुनै समाजिक कार्यक्रम हो या राजनीतिक दलको दोषारोपण गर्ने थलो भनेर ।

कार्यक्रमको ब्यानर एकातिर तर बोल्ने वक्ता र अतिथिको भाषण अर्कातिर हुँदा कार्यक्रमहरूको प्रभावकारिता समेत रहँदैन ।अझ विशेष गरि सार्वजनिक सभा समारोहको समाचार सङ्कलनका लागि अधिकांश कार्यक्रमहरूमा पत्रकारलाई निमन्त्रणा गरिन्छ ।

तर प्रमुख अतिथिको भनाई फुटेज वा बाईट आवश्यक पर्ने हुँदा कार्यक्रमको अन्तिम समय सम्म बस्नु पर्ने बाध्यता अर्को तर्फ मम्बेतान कार्यक्रमले समाचार सम्प्रेषणको समय छोप्न समेत हम्मे हुने गरेको छ ।

अधिकांश राष्ट्रिय स्तरका सञ्चार माध्यममा समयमै समाचार पठाई सक्नु पर्ने हुन्छ तर प्रमुख अतिथिकै भनाई राख्न पत्रकारहरू समेत दिनभरि एउटै कार्यक्रम कुरेर बस्नु पर्ने अवस्था रहने गरेको छ ।

यसर्थ अनावश्यक आसन ग्रहण र भाषण ग्रहण गर्ने परिपाटीको अन्त्य गरी कार्यक्रमहरूलाई उद्देश्य अनुरूप ओझिलो बनाउन सके मात्रै त्यसको दीर्घकालीन प्रभावकारिता रहन सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?