Butwal Today

लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै

२१ मंसिर २०८२, आइतबार
अ+
अ-

बुटवल, २१ मङ्सिर ।  

लुम्बिनी निर्माण व्यवसायी सङ्घ रुपन्देहीले १८ औँ निर्माण दिवसको अवसरमा जिल्लामा विविध सामाजिक कार्यक्रमहरू आयोजना गरेको छ ।

सङ्घको जिल्ला कार्यसमिति रुपन्देही र शाखा कार्यालय बुटवलको आयोजनामा खेलकुद सामग्री वितरण, दीप प्रज्वलन तथा मानव सेवा आश्रममा भोजन वितरण कार्यक्रम सञ्चालन गरि मनाउने तयारी गरेको छ ।

स्थापना दिवसको अवसरमा मङ्सिर २१ गते आइतबार मायादेवी जनजागृति आधारभूत विद्यालय, बुटवल–११ युद्धनगरमा खेलकुद सामग्री वितरण आयोजना गर्दै छ सोही कार्यक्रम संयोजक सङ्घका सचिव राजन ज्ञवाली रहेका छन् । भने त्यही दिन साँझ जिल्ला कार्यालय परिसर भैरहवामा दीप प्रज्वलन हुनेछ ।

त्यस्तै, बुटवल शाखाले मङ्सिर २२ गते सोमबार मानव सेवा आश्रम, बुटवल–८ शुक्खानगरमा भोजन वितरण कार्यक्रम राखेको छ ।

सङ्घका अध्यक्ष मन्जु भुसालले निर्माण दिवसलाई केवल उत्सवको रूपमा मात्र नभई समाजप्रति उत्तरदायी हुने अवसरका रूपमा लिएको बताइन् । उनले भनिन्, “निर्माण व्यवसाय मात्र हाम्रो पेसा होइन, समाजप्रति दायित्व पनि हो ।

१८औँ निर्माण दिवसको अवसरमा सङ्घले विगतका वर्षहरूमा पनि विभिन्न सामाजिक कार्यहरू गरि मनाएको बताइन ।

निर्माणको काम सँगै सामाजिक कार्य पनि हाम्रो जिम्मेवारी भएको भन्दै यस वर्ष पनि सामाजिक कार्यलाई निरन्तरता दिन कार्यक्रम अघि सारेका अध्यक्ष भुसालले बताइन । उनी भन्छिन् यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास लिएका छौँ ।”