© २०२३
काठमान्डौ, २१ मंसिर ।
नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका जनार्दन शर्मा प्रभाकरले स्थानीय कार्यकर्ताबाट विरोधको सामना गरेका छन् ।
शर्मालाई रुकुमका केही कार्यकर्ताले विमानस्थलमा कालो झण्डा देखाएका छन् । स्थिति अप्रिय नबनोस् भनी सुरक्षाकर्मीको तैनाथी विशेष रूपमा बढाइएको छ ।
शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको विमानमार्फत सदरमुकाम खलंगा ओर्लिएका थिए । विमानस्थलबाट बाहिर निस्कँदै गर्दा केही युवाहरूले विरोध जनाउँदै कालो झण्डा देखाएका हुन् ।