ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

२० मंसिर २०८२, शनिबार
२० मंसिर २०८२, शनिबार

सल्यान, २० मङ्सिर ।

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ मा जन्मिएर विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाएका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । सम्मानपश्चात् उनीहरूले सङ्घर्ष र सफलताको अनुभव बाँड्दै सामुदायिक विद्यालयका युवा विद्यार्थीलाई करियर मार्गदर्शन प्रदान गरेका छन् ।

लेख पोखरा स्थित गरिपारेमा आयोजित ‘युवा करियर परामर्श तथा सम्मान कार्यक्रम’ मार्फत विभिन्न क्षेत्रमा सक्रिय रही वडाको पहिचान बढाउन सफल ५० जनालाई कार्यक्रममा सम्मान गरिएको वडा अध्यक्ष तथा छत्रेश्वरी गाउँपालिका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिए ।

कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख उपसचिव गोपाल केसी, सेवानीवृत उपसचिव टोपेन्द्र केसी, जनस्वास्थ्य निरीक्षक चित्र बहादुर वली, साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घका अध्यक्ष खेमराज वली, प्रेसिडेन्सियल बिजनेस स्कुल काठमाडौँका सञ्चालक लक्ष्मण केसी, जीवन ज्योति मावि रिमका सहायक प्रअ भिमसेन बुढा, प्रहरी वरिष्ठ नायव निरीक्षक याम केसीलगायतका व्यक्तित्वहरूले आफ्ना पेसागत अनुभवमार्फत विद्यार्थीलाई प्रेरणा प्रदान गरेका थिए ।

वडा भित्रका महेन्द्र माध्यमिक विद्यालय र त्रिभुवन जनता माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी करियर परामर्श गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री र प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले युवाको करियर विकास, शिक्षा र अनुशासनलाई प्राथमिकता दिएर भविष्यमा नेतृत्व गर्न सक्ने सक्षम जनशक्ति निर्माणमा यस्ता कार्यक्रम अत्यन्तै प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?