Butwal Today

दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा

१९ मंसिर २०८२, शुक्रबार
अ+
अ-

दाङ,१९ मङ्सिर ।

दाङमा खोला तथा नदीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्नेमाथि प्रहरीले निगरानी बढाएको छ ।

प्रहरीले १९ दिनको अवधिमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १८ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार १८ टिप्पर र जेसिवीबाट जरिवानास्वरुप चार लाख बढी राजश्व संकलन भएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गरिरहेका १३ वटा ट्याक्टरबाट २ लाख २० हजार जरिवाना असुल गरिएको बताए ।  यस्तै ३ वटा टिप्परबाट एक लाख २७ हजार ५४०, २ वटा जेसिबीबाट ९० हजार जरिवाना असुल गरिएको प्रवक्ता शाहले बताए  ।

प्रहरीले १८ वटा सवारी साधनबाट चार लाख सैतिस हजार पाँच  सय चालिस रुपैया  जरिवाना असुल गरेको हो । कार्बाही पश्चात उक्त सवारी साधनहरु सम्बन्धित ब्यक्तिहरुको जिम्मा लगाई पठाईएको प्रवक्ता शाहले बताए ।