Butwal Today

नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै

१९ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १९ मंसिर ।

नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणबारे शुक्रबार पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थासँग विस्तृत छलफल गर्ने भएको छ ।

महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरूसँग बैठक बोलाउँदै सदस्यता वितरणको प्रक्रियालाई प्रभावकारी बनाउने तयारी गरेको हो ।

समिति सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार नयाँ क्रियाशील सदस्यता वितरणलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउनुपर्ने विषयमा छलफल हुनेछ । उनका अनुसार सबै पदाधिकारीलाई शुक्रबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।

कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय सोमबारको पदाधिकारी बैठकबाट गरेको थियो । त्यसपछि समिति बैठकले दुई दिनभित्र १६५ वटै निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पु¥याउने निर्णय गरेको थियो ।

महामन्त्री थापा नेतृत्वको समितिमा केन्द्रीय सदस्यहरू प्रकाश स्नेही रसाइली, सीता गुरुङ र योगेन्द्र चौधरी सदस्यका रूपमा रहेका छन् ।