ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ

१९ मंसिर २०८२, शुक्रबार
१९ मंसिर २०८२, शुक्रबार
आज विश्व माटो दिवस ।
‘स्वस्थ माटो स्वस्थ्य सहर’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी नेपालमा पनि दशौं विश्व माटो दिवस मनाईदैछ । माटो दिवस मनाउँदै गर्दा पछिल्लोसमय माटोको उर्बरा शक्तिमा ह्रास आईरहेको छ । माटोमा अम्लीयपना बढिरहेको छ ।
विभिन्न रासायनिक पदार्थको प्रयोगले माटोले उत्पादन दिनै नसक्ने भएको छ । तसर्थ माटो दिवस मनाउने औपचारिकता भन्दा माटोको उर्बराशक्ति बढाउने उपाय, रासायनिक मलको प्रयोगले बढाउने बेफाईदा, अम्लीयपनले पु¥याउँदै आएको हानी लगायतका बिषयमा सोच्नुपर्ने भएको छ र किसानलाई बुझाउन ढिलाई गरिनुहुँदैन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले प्रत्येक बर्ष माटो दिवसका अवसरमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । तर माटोको सुधार हुन सकेको छैन । माटो दिवसको कार्यक्रम मूलतः किसान लक्षित हुनुपर्ने हो तर संघीय राजधानी काठमाण्डौं, प्रदेश र पालिकामा बसेर मन्त्रालय र मातहत विभागका कर्मचारीले यो दिवस मनाउँदै औपचारिकता पूरा गर्दै आएका छन् ।
जसका लागि यो कार्यक्रमको महत्व र उद्देश्य बुझाउनु पर्ने हो आज त्यही समूह दिवसबाट अनभिज्ञ छ । नेपालका करिव ६५ प्रतिशत जनता कृषिमै निर्भर छन तर त्यसमध्ये अधिकांश कृषकलाई माटो दिवस आए गएको पत्तै हुँदैन । माटो दिवस मनाईरहँदा कृषि क्षेत्र घटदै गएकोले पनि चिन्ता उत्पन्न गराएको छ । पहाडका खेतबारी र फाँट उजाड बन्दै जाने र तराईको जमिन प्लटिङका कारण सकिदै जाने अवस्था देखिएको छ ।
कृषि प्रधान मुलुक नेपाल भनिएपनि अहिले गैर कृषि क्षेत्र बढ्दै गएको छ । बढ्दो सहरीकरणको कारण खेतीयोग्य जमिन घटदै गएको छ । त्यसमाथि उत्पादनमा ह््रासको समस्या भयावह बन्दै गएको छ । रासायनिक मलको बढ्दो प्रयोगले एकातिर माटोको उर्बरा शक्ति क्षीण भैरहेको छ भने उत्पादन पनि क्रमशः घटदोक्रममा गैरहेको छ । यसबाट पछिको पुस्तामाथि दिर्घकालीन प्रभाव पर्ने देखिएको छ ।
अर्कोतर्फ विडम्वना के छ भने रासायनिक मल नहाली उत्पादन हुनै छाडेको छ । जैविक मलको प्रयोग बढाउनु पर्ने हो तर पशुपालन घट्दो अवस्थामा रहेकोले जैविक मलको पर्याप्त पहुँच छैन । माटोले उत्पादन दिन छाडेको छ । यी सवैका पछिको कारण खोतल्ने प्रयास माटो दिवसका अवसरमा हुनु जरुरी छ । तर दिवस मनाउने कुरा कृषकको घर आँगनमा होइन कि पाँचतारे होटलमा हुने गरेको छ । जसका कारण दिवस केवल औपचारिक त्यो पनि कृषक बिमुख बन्दै गएको छ ।
कृषिका लागि मुख्य भनेको माटो नै हो । तसर्थ अवको दिनमा माटोको संरक्षण, सम्वद्र्धनमा ध्यान दिनुपर्ने जरुरी छ । माटोको उर्वराशक्ति ह््रास हुँदै गएको विषयमा अध्ययन अनुसन्धान गर्नुपर्नेछ । विज्ञहरूले माटोको गुणस्तर दिनदिनै ह्रास भइरहेकोले त्यसलाई कसरी जोगाउन सकिन्छ त्यसको बारे सबैले सोच्नुपर्ने धारणा राखेका छन । वास्तवमा माटो संरक्षण पछिल्लोसमय चुनौतिको विषय बनिरहेको छ ।
माटोको स्वच्छतामाथि क्षयीकरण भैरहेको छ । अवका दिनमा माटोबाट लिनेमात्र नभै माटोलाई दिने प्रयासपनि गर्नु जरुरी छ । माटोको संरक्षणमात्र होइन माया पनि गर्नुपर्ने दायित्व बिर्सनु हुँदैन । निश्चितरूपमा अवका दिनमा माटोबाट बढीभन्दा बढी उत्पादन कसरी लिने त्यस विषयमा बहस र अनुसन्धान जरुरी छ । कृषि विज्ञहरूले माटोमा क्षारीय र अल्मीलयपन बढिरहेको भन्दै चिन्ता ब्यक्त गरेका छन ।
त्यस विषयमा अवको बहसमात्रै होइन अनुसन्धान नै त्यसतर्फ केन्द्रित गर्नुपर्ने खाँचो छ । अब माटोबाट उत्पादन लिने हो भने माटो जोगाउनेतर्फ हामी सवैको ध्यान पुग्नु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?