ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

१९ मंसिर २०८२, शुक्रबार
१९ मंसिर २०८२, शुक्रबार

नवलपरासी,१९ मङ्सिर ।

संस्कृति तथा प्राचीन सम्पदाहरूको संरक्षणमा स्थानीय सरकारले चासो नलिएको जनाउँदै जिल्लामा संस्कृति र सम्पदामा संरक्षणका लागि महाअभियान सुरु गरेका छन् । अभियान अन्तर्गत समन्वयात्मक रूपमा स्थानीय स्तरमा जागरणमुखी कार्यक्रम तथा विज्ञहरूद्वारा स्थानीयलाई सन्देश दिने काम भइरहेको छ ।

प्राचीन सम्पदाको संरक्षण तथा लोपोन्मुख संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यस्तो महाअभियान सुरु गरिएको महाअभियानका संयोजक अनिल शर्माले जानकारी गराए ।

जिल्ला भित्र रहेका प्राचीन सम्पदाहरू माथि अहिले अज्ञानता र स्वार्थीपनले नष्ट गरिने क्रियाकलाप भइरहेका छन्, उनले भने, प्राचीन सम्पदा स्थलमा पुरातत्त्व विभागले औपचारिक कानुनी प्रावधान उल्लेख गरी बोर्ड राख्ने सिवाय अरू केही गर्न सकेको छैन ।

सम्पदा संरक्षण गर्नुपर्ने जिम्मेवारी समेत स्थानीय सरकार तथा स्थानीय प्रशासनको भए पनि त्यस्ता सम्पदा क्षेत्रमा निरन्तर अतिक्रमण गर्ने, पूर्वाधारहरू बनाउँदै नष्ट गर्ने कार्यहरू भई रहेको देखेर त्यसको संरक्षणका लागि स्थानीय स्तरमा जागरण गर्नुपर्ने आवश्यकता महसुस गरी महाअभियानको सुरुवात गरेको उनको भनाई थियो ।

प्राचीन सम्पदा मात्रै नभई ग्रामीण क्षेत्रमा रहेका कला संस्कृतिहरू लोप हुँदै जानु र विभिन्न बाहिरी संस्कृतिले प्रवेश पाउँदै जाँदा स्थानीय मौलिक संस्कृति हराउने गर्दा त्यसको संरक्षणका लागि पनि गाउँबस्तिमा पुगेर त्यसको महत्त्व बुझाउने कार्य भइरहेको शर्माले सुनाए ।

महाअभियानले जनतालाई जागरूक बनाउने र जनताले नै आफ्ना जनप्रतिनिधिसँग सम्वाद गरी संरक्षणको माग गर्न सक्ने विश्वासका साथ काम भई रहेको उनले बताए । हालै मात्र बौद्धकालीन बुद्धको मावली प्राचीन कोलिय गणराज्यको राजधानी पण्डितपुरमा  उत्खनन कार्यमा जुटेका पुरातत्त्व विभाग, लुम्बिनी विश्वविद्यालय, त्रिभुवन विश्व विद्यालयका विद्यार्थीहरूलाई सम्मान गरिनुका साथै स्थानियबासीसँग पुरातत्त्व विद बिच अन्तर्क्रियाको आयोजना गरी जागरण गरिएको महाअभियानका संयोजक शर्माले बताए ।

यसले स्थानियबासीलाई पुरातात्त्विक सम्पदा र संस्कृति प्रति जागरूक गराएको छ, उनले भने,उत्खनन र खोज अनुसन्धानमा लागेका विद्यार्थीहरूलाई जिल्लाकै प्राचीन स्मारकहरूको समेत भ्रमण गराई उत्साही बनाउने कार्य गरेको छ । संयोजक शर्माका अनुसार रामग्राम स्तूप लगायत बुद्धले सतिपठ्ठान सुत्तको देशना गरेको स्थान सुस्ता गाउँपालिकाको सतपति क्षेत्रको भ्रमण गराएको थियो ।

त्यसैगरि त्रिवेणी क्षेत्र तथा नारायणी नदी पारी बाल्मिकी आश्रमसम्म भ्रमण गराएर यस क्षेत्रको पुरातात्त्विक प्राचीन स्थलबारे भ्रमण गराएर यस क्षेत्रको उत्खनन, खोज अन्वेषण, प्रचार प्रसारमा विश्वविद्यालयका विद्यार्थीहरू लाग्ने र अर्को तर्फ स्थानीयबासीमा यी स्थानहरूको साँस्कृतिक महत्व रहेकोले नासिनु भन्दा संरक्षण गरिनु पर्ने आवश्यकता महसुस गर्ने छन् ।

महाभियानले स्थानीयबासीलाई जागरूक गराएको पुरात्व क्षेत्रमा लामो समय देखि काम गर्दै आएका पुरातत्वका जानकार नारद यादवले बताएका थिए ।
पुरातत्त्व विभागको टोलीसँगै उत्खनन कार्यमा सहभागी त्रिभुवन विश्व विद्यालय तथा लुम्बिनी बौद्ध विश्व विद्यालयका पुरातत्त्व अध्ययन गर्ने विद्यार्थी अन्तक्र्रिया तथा सम्मान गरिएको थियो ।

सम्भावित प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर (पण्डितपुर) मा भई रहेको उत्खनन कार्यमा सहभागी रहेका दुबै विद्यालय विद्यालयका ४० जना पुरातत्त्व विषय अध्ययन गर्ने स्नातकोत्तर तह (एमए) का विद्यार्थीलाई संस्कृति सम्पदा संरक्षण महाभियान नवलपरासीले सम्मान गरेको थियो ।

उत्खनन कार्यले प्राचीन संस्कृति र सम्पदाको संरक्षण कार्यमा योगदान पु¥याएको भन्दै सहभागी विद्यार्थी तथा विद्यार्थीसँगै रहेको अध्यापन गर्ने प्राध्यापकलाई समेत सम्मान गरिएको महाअभियानका संयोजक अनिल शर्माले बताएका थिए ।

आफू नेपालको संस्कृति र सम्पदाको संरक्षण कार्यमा निरन्तर लागि रहेको र अहिले पहिचानमा आएको यो प्राचीन स्थलको खोजी कार्यमा योगदान पुर्याउँदै यो राजधानी क्षेत्रलाई पहिचानको सुत्रधार बनेका पुरातत्वका जानकार नारद यादवलाई समेत सम्मान गरिएको उनले बताएका थिए ।

महाअभियानका संयोजक संस्कृति र सम्पदा संरक्षणमा जनप्रतिनिधिहरू उदासिन देखिएको हुदा नागरिक स्तरबाट भएपनि संस्कृति र सम्पादाको संरक्षण आवश्यक रहेको आंैल्याएका थिए । सोही आवश्यकतालाई मध्यनजर गरेर आफूले यो संस्कृति सम्पदा संरक्षणका लागि महाभियान चलाइएको छ,उनले भने, यो अभियानमा जो सुकै व्यक्ति र संघसंस्था सहभागी भएर अभियानलाई सार्थक बनाउन सक्छन् । यसका लागि उनले सबैलाई आह्वान समेत गरेका थिए । महाअभियानसँग नागरिक समाज नवलपरासी लगायतका संस्थाले समेत सहकार्य गरी काम गर्दै आएको बताएका थिए ।

महाअभियानको कार्यको प्रशंसा गर्दै त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास संस्कृति तथा पुरातत्त्व विभागका प्रमुख डा.महेश आचार्यले महाअभियानको लक्ष्य समय सापेक्ष रहेको र गर्दै आएको कार्यको उदाहरणीय रहेको थिए ।

स्थानीय नागरिकहरूले पुरातत्त्व स्थल, बस्तु तथा समाजमा रहेका संस्कृति बचाएर राख्नु पर्ने औँल्याएका थिए । हाम्रो इतिहास, परम्परा, संस्कार, संस्कृति तथा पुरातात्त्विक स्थान र बस्तु हाम्रा गहना हुन्, यसलाई बचाएर जोगाएर राख्न आवश्यक छ । यसका लागि सरकारले नीतिगत व्यवस्था गरेर संरक्षण गर्नु पर्ने उनको भनाइ थियो ।

उत्खनन कार्य बिस्तारै बिस्तारै अध्ययन गर्दै गर्नु पर्ने हुन्छ, हतार हतारमा उत्खनन गरेर देखाई हाल्दा पनि पुरातात्त्विक बस्तु नष्ट हुन सक्ने हुँदा यसका लागि स्थानीयले धैर्य समेत राख्नुपर्ने उनको भनाई थियो ।

पुरातत्त्व क्षेत्रको संरक्षण गर्नु भन्दा विभिन्न पूर्वाधार बनाउन लगाउने र बजेटमा कमिसन खाने दाउ मात्र जनप्रतिनिधिहरूको रहेको छ, महाअभियानका संयोजक शर्माले भने, यसले दोहोरो नोक्सानी देखिएको छ,एका तिर पुरातात्त्विक स्थल नष्ट हुने र आर्को तिर बजेटको दुरूपयोग भ्रष्टाचार हुने मात्र देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?