Butwal Today

श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना

१८ मंसिर २०८२, बिहीबार
अ+
अ-
कतार, १८ मंसिर ।
कतारमा स्थापित सामाजिक संस्था प्युठान सेवा समाज कतारले गृह जिल्लामा एक  विद्यालयलाई अक्षयकोष स्थापना गर्नको लागी आर्थिक रकम सहयोग गरेको छ ।
समाजले आफ्नो “१६ औ स्थापना दिवसको अवसर पारेर गृह जिल्लामा रहेका निम्न स्तरका विद्यालयलाई सहयोगार्थ ” गर्ने हेतुले आयोजना गरिएको कार्यक्रमबाट आएको मुनाफा रकम जिल्लाको मल्लरानी गाउँपालिका वडा न २ मा अवस्थित”श्री पालु सिद्ध प्राथमिक विद्यालयलाई अक्षयकोष स्थापनाको लागी रु  ५१,१५१/ अक्षरूपी एकाउन्न हजार,एक सय एकाउन्न रुपैयाँ रकम सहयोग गरेको हो ।
मल्लरानी गाउँपालिका वडा न: २ का वडा अध्यक्ष लेख बहादुर थापा,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्य मोहन राना,पूर्व प्रधानाध्यापक फन्न बहादुर पुन,स्थानीय समाजसेवी चन्द्र वीर खड्काको  उपस्थितिमा अमर ध्वज रानाको प्रमुख आतिथ्यता रहेको एक कार्यक्रमका बिच समाजका प्रमुख संरक्षक बलदेव रानाले विद्यालयका प्रधानाध्यापक शारदा आचार्यलाई उक्त रकम हस्तान्तरण गर्दै अक्षयकोष शुभारम्भ गरिएको समाजले बुटवल टुडेलाई जानकारी दिएको छ।

“अक्षयकोषले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न, पुरस्कार तथा छात्रवृत्ति वितरणमा थप मद्दत पुग्ने र आर्थिक स्रोत सिर्जनाका लागि थप पहल गर्न सकेमा आगामी वर्षभित्र अक्षयकोषलाई १० लाख रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको प्रधानाध्यापक आचार्यको भनाई रहेको थियो ।

प्रमुख अतिथि रानाले विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विस्तारका लागि यो कोष अति नै महत्त्वपूर्ण आधार बन्ने र शैक्षिक गुणस्तरमा थप सुधार ल्याउन कतारमा सामाजिक कर्म गरेर सहयोग पुर्‍याउने प्युठान समाज कतार प्रति हार्दिक आभार व्यक्त गरेका छन् । समाजले स्थापना काल देखि नै गृह जिल्ला प्युठान तथा कतारमा निरन्तर सामाजिक कार्य गर्दै आइरहेको छ ।