ट्रेंडिंग:

>> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ >> काठमाडौँका तत्कालीन प्रजिअ रिजालसँग जाँचबुझ आयोगले लियो बयान

‘विधि र प्रक्रिया मिच्ने काम नहोस्’ 

१८ मंसिर २०८२, बिहीबार
१८ मंसिर २०८२, बिहीबार

जेनजी आन्दोलनपछि नयाँ सरकार बनेको तीन महिना हुनै लागेको छ ।

नयाँ सरकार बनेपछि प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियम छ तर सुशीला कार्की नेतृत्वको सरकारले भने अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

प्रधानमन्त्री कार्की सहित मन्त्रीहरूले शपथ लिएर कार्यभार सम्हालेको सय दिन हुनै लाग्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगर्नु सुशासनको द्योतक होइन । यद्यपि यसअघि पनि प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेर विधिको उल्लङ्घन गर्दै आएका थिए तर यो सरकार जेनजी युवाहरूको आन्दोलनको बलमा बनेको सरकार भएकोले यसले पुरानो परम्परा तोडेर जनतामा नयाँ विश्वास जगाउनु पथ्र्यो ।

केही दिनभित्रै प्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्री भएको एक सय दिन हुँदै छ । तर, यो सरकारमा सहभागी कसैले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । विगतमा जनतालाई सुशासनको पाठ सिकाउने सरकारका प्रधानमन्त्री र मन्त्रीहरू इश्वर र जनताका नाममा शपथ लिएको लामो समयसम्म पनि सम्पत्ति विवरण सार्वजनिक गर्नबाट चुकेकै हुन ।

यस पटक पनि चुक्ने अवस्था आएको छ । अव विलम्ब नगरेर सरकारमा सामेल प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरुन् । जनतालाई अनुशासनको पाठ सिकाउनेहरू आफै अनुशासन, नीति, नियम र पद्धति मिचेर सार्वजनिक ओहदाको पदमा बसिरहनु सुहाउने कुरा होइन ।

तसर्थ अव ढिलो नगरी सम्पत्ति विवरण सार्वजनिक गर्नेतर्फ सम्वन्धित निकायको ध्यान जाओस् । होइन भने जनताको छड्के आँखा सवैभन्दा पहिले यिनैमाथि पर्नेछ । जनताले प्रश्न गर्नेछन । त्यतिबेला जनताको प्रश्नको उत्तर दिने हैसियत गुमाउने अवस्था नआओस् ।

यो सरकारको आयु धेरै लामो छैन । सायद आयु लामो नभएको कारण सम्पत्ति विवरण सार्वजनिक नगर्ने कुरा हुनसक्छ तर विधि र परम्परा मिच्ने काम कुनैपनि सरकारबाट हुनुहुँदैन । सरकार आखिर सरकार नै हो । औपचारिकतामै भए पनि सम्पत्ति विवरण सार्वजनिक गरेर जिम्मेवारी पूरा गरेको ठानिन्थ्यो ।

यो तर्फको पाईला यो सरकारले अघि बढाओस् । सरकारले सय दिनको हाराहारीमै सम्पत्ती विवरण सार्वजनिक गरेर जनतालाई स्पष्ट गरोस् । भोलीको दिनमा जनताले प्रश्न उठाउने दिन नआओस् । एक रूपैया भ्रष्टाचार नगरेपनि सरकारको दायित्व र जिम्मेवारी मिच्ने काम नहोस् ।

तर प्रधानमन्त्री कार्की आफै नीति नियम तोड्ने काममा उद्यत हुनुभएको छ । उहाँबाटै यो कामको सुरुवात भएको छ । देशलाई सिस्टममा लैजाने मूख्य पात्रबाटै बसेको नियम तोड्ने काम हुनु राम्रो होइन । बरु प्रधानमन्त्री कार्कीले आफूले सम्पत्ति विवरण गरेर अरू मन्त्रीहरूलाई छिटो गर्न निर्देशन दिनुपर्ने हो ।

अफसोस नेपालमा बसेको र बनेको परम्परा भत्काउने काम भैरहेको छ । देशलाई आदेश र निर्देशनमा चलाउने काम भैरहेको छ । प्रश्न सम्पत्ति विवरण सार्वजनिक गर्ने एउटा औपचारिकताको कुरा मात्र होइन । लोकतन्त्रको आधारस्तम्भ मानिने विधिको शासनको सम्मान गर्ने कि नगर्ने भन्ने पनि महत्वपूर्ण सवाल हो ।

सचिवहरूलाई बोलाएर निर्देशन दिएरमात्र देशको स्थितिमा सुधार आउन सक्दैन । त्यसका लागि निर्देशन होइन कार्यान्वयन तहमा जानुपर्छ । विगतदेखि नै एउटा परम्परा र पद्धति कुल्चने काम कुनैपनि सरकारले गर्नु हुँदैन । अव ढिलो नगरी सम्पत्ति विवरण सार्वजनिक गर्नेतर्फ सुशीला कार्की सरकारको ध्यान जाओस ।

स्मरणीय के छ भने यसअघि बनेका सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाई गर्दा निकै आलोचना खेप्नुपरेको इतिहास छ । अव पनि त्यो इतिहास दोहो¥याउने काम सरकारले नगरोस् । सुशीला कार्की सरकार पनि त्यही बाटोमा जाँदैछ भन्ने आशंका उत्पन्न भएको छ ।

कानुनी शासन व्यवस्थामा यस्तो सुनिनु निश्चय नै बिडम्वनाको कुरा हो । जेनजी आन्दोलनको बलमा वनेको यो सरकारले जेनजी आन्दोलनको मर्म र भावनाको सम्मान गर्ने हो भने छिटो भन्दा छिटो सम्पत्ति विवरण सार्वजनिक गर्नेतर्फ ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?