ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

रक्षाकुमारी यादव घुम्टो भित्रबाटै २० वर्षमै नेतृत्वमा

सरस्वती आधारभूत विद्यालयमा रक्षाकुमारी यादवले २० वर्षमै विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाली रहेकी छन् । घुम्टोमै जीवनयापन गर्ने मधेसी महिलाहरूका लागि उनी उदाहरण बनेकी छन् ।
१८ मंसिर २०८२, बिहीबार
१८ मंसिर २०८२, बिहीबार

लमही, १८ मङ्सिर ।

दाङको राजपुर गाउँपालिका–३ भैरहवाकी स्थायी बासिन्दा रक्षाकुमारी यादव २० वर्षको उमेरमै विद्यालयको नेतृत्व सम्हालेकी छिन् ।

उनी महिला र यादव समुदायमा प्रेरणादायी उदाहरण बनेकी छन् । घुम्टोमै जीवन यापन गर्ने मधेसी महिलाहरूका लागि उनी झनै हौसला बनेकी हुन् । बबई गाउँपालिका–७ जलजला मलाई दाङस्थित श्री सरस्वती आधारभूत विद्यालयमा उनले गत वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाली रहेकी छन् ।

कम उमेरमै ठुलो जिम्मेवारी वहन गर्दै अघि बढेकी रक्षाकुमारीको लगनशीलता, दृढता र कार्यक्षमताको स्थानीय समुदायमा प्रशंसा भइरहेको छ । धरैले उनलाई ‘युवा नेतृत्वको उत्कृष्ट उदाहरण’ भन्दै बधाई तथा शुभकामना दिइरहेका छन् ।

“उमेर भन्दा जिम्मेवारी र दृष्टिको महत्व ठूलो हुन्छ,” रक्षाकुमारी भन्छिन्, “गाउँका बालबालिकालाई गुणस्तरयुक्त शिक्षा उपलब्ध गराउनु नै मरो पहिलो लक्ष्य हो ।”
प्रधानाध्यापकका रूपमा उनले विद्यालयमा प्राविधिक शिक्षा, बालमैत्री वातावरण निर्माण र शैक्षिक गुणस्तर सुधारलाई मुख्य प्राथमिकतामा राख्दै काम अघि बढाइरहेकी छन् ।

रक्षाकुमारीलाई कक्षा ६ देखि १२ सम्म अध्ययनका लागि क्रियटिङ पोसिबिलिटिज नेपालले विशेष सहयोग गरेको थियो । कम उमेरमै जिम्मेवारी र सफलताको शिखर चुमेकी उनलाई देखेर सिपी नेपाल परिवारले समेत धन्यवाद दिएको छ ।

गाउँमै बसेर युवतीले यसरी नेतृत्व सम्हाल्नु समुदायका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ अभिभावक तथा स्थानीयवासीको भनाइ छ । सामुदायिक विद्यालयमा युवा नेतृत्व बढ्दै जाँदा शिक्षा क्षेत्रमा नयाँ ऊर्जा, नयाँ सोच र सकारात्मक परिवर्तन ल्याउने विश्वास बलियो हुँदै गएको छ ।

बिदेसिने युवालाई गाउँमै बस्ने र सेवा तथा नेतृत्वमार्फत योगदान दिन सकिने मार्ग देखाएको उदाहरणका रूपमा रक्षाकुमारीको यात्रा निकै प्रेरणादायी मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?