ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

अपाङ्गता भएकाहरूका सवालमा खुला संवाद

१८ मंसिर २०८२, बिहीबार
१८ मंसिर २०८२, बिहीबार

नेपालगञ्ज, १८ मंसिर ।

अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरिँदै आएका सेवा–सुविधलाई अझै प्रभावकारी बनाउन सरोकारवालाहरूले जोड दिएका छन् । ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नेपालगन्जमा आयोजित संवाद कार्यक्रममा सहभागीहरूले कानुनमा उल्लेख भएका अधिकारहरू व्यवहारमा कार्यान्वयन नभएको गुनासो गर्दै तत्काल सुधार गर्न माग गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका र नगरस्तरीय अपाङ्ग सञ्जालको आयोजनामा, सेभ द चिल्ड्रेन, एसडीएप mबाँके, नेपाल संरक्षक समाज, रेडियो कृष्णसार एफएम र डेक नेपाल सहित आधा दर्जन भन्दा बढी संघ–संस्थाको सहकार्यमा कार्यक्रम गरिएको हो । संवाद कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूले भोगिरहेका समस्यामाथि प्रश्न उठाए भने सम्बन्धित निकायहरूले जवाफसहित प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको प्यानलमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश विष्ट, जिल्ला ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका प्रहरी नायब निरीक्षक रविन्द्रबहादुर बम, यातायात व्यवसायी महासंघ बाँकेका वरिष्ठ सल्लाहकार शोभाकर पौडेल, नेपालगन्ज उपमहानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख पवित्राकुमारी पुरी, अपाङ्गता अधिकारकर्मी भावुकजंग थापा र गोकर्ण आचार्यको सहभागिता थियो ।

संवाद कार्यक्रमको उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले अपाङ्गमैत्री उपमहानगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि सचेतना कार्यक्रम, क्षमता विकास तालिमलगायत गतिविधि निरन्तर सञ्चालन हुँदै आएको जानकारी दिए ।

त्यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले अपाङ्गतासम्बन्धी ऐन–कानुनको प्रभावकारी कार्यान्वयन नभएको पाइएमा उजुरी गर्न आग्रह गरे । राज्यका सबै निकायले अपाङ्गमैत्री भवन र सेवाप्रवाह सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाका प्रमुख पवित्रा पुरीले अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकारका लागि निरन्तर काम गरिरहेको बताइन् । यस्तै, यातायात व्यवसायी महासंघ बाँकेका वरिष्ठ सल्लाहकार शोभाकार पौडेलले यातायात क्षेत्रमा अपाङ्गमैत्री सेवा विस्तार गर्ने प्रतिबद्धता जनाए ।

प्रहरी निरीक्षक रमेश विष्टले पनि अपाङ्गता भएका व्यक्तिका लागि सेवा प्रवाहलाई अझ सरल र प्रभावकारी बनाइने बताए । कार्यक्रममा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति, संघ–संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?