© २०२३
नेपालगञ्ज, १८ मंसिर ।
नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डको मिति परिवर्तन गरिएको छ । प्राविधिक कारणले आयोजना मिति परिवर्तन गरिएको आयोजक रंगशाला नेपाल मिडिया प्रालिले जनाएको छ ।
नेपालगन्जमा खेलाडी र खेलकर्मीको सम्मानको लागि मंसिर १८ गते लुम्बिनी स्पोर्टस अवार्डको आयोजना गर्ने तयारी गरिएको थियो । अब छिटै नयाँ मिति केहि समय पछि सार्वजनिक गरिने लुम्बिनी स्र्पोटस अवार्ड संयोजक चाहना शाहले बताइन् ।
आयोजना मिति थपिदा अवार्डलाई थप भव्य बनाउन सहयोग पुग्ने लुम्बिनी स्पोर्टस अवार्डका प्रचार प्रसार संयोजक गजे थापाले बताए । खेल र खेलाडीको सहरले परिचित नेपालगन्ज सहरमा आयोजना हुने स्पोर्टस अवार्डले प्रदेश स्तरका खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने संयोजक थापाले बताए ।
लुम्बिनी स्पोर्टस अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, उत्कृष्ट प्रशिक्षक र विशेष अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट टिम अवार्डको स्थानमा उत्कृष्ट प्रशिक्षक विधा समावेश गरिएको थापाले जानकारी दिए । अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सह–प्रायोजन गरेको छ भने उत्कृष्ट पुरुष खेलाडी विधालाई रोयल समृद्धि बिजनेस गु्रप प्रालिले प्रायोजन गरेको छ ।