© २०२३
बुटवल, १७ मंसिर ।
लुम्बिनीमा “समृद्ध भविष्यका लागि शान्ति” मूल नारासहित तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम आयोजना हुन लागेको छ । कार्यक्रम मंसिर २४ देखि २६ गतेसम्म बुद्ध जन्मस्थल लुम्बिनी र रामग्राममा सञ्चालन हुनेछ ।
आयोजक संस्था द प्रामिज्ड ल्याण्ड फाउण्डेसन ले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल वल्र्ड यूथ फेडरेशन, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र काठमाडौं विश्वविद्यालयको सहकार्य रहनेछ ।
आयोजक संस्थाका प्रमुख निकेश अधिकारीका अनुसार, कार्यक्रममा १० हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । संयुक्त राष्ट्रसंघका सांस्कृतिक दूत, विश्वका प्रतिष्ठित व्यवसायी, विज्ञ, कलाकार, युवाहरू लगायतका प्रतिनिधि कार्यक्रममा सहभागी हुनेछन् ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा फ्रच्युन जेनेरेसन का २५ जना विश्वप्रसिद्ध अर्बपति पहिलोपटक नेपाल आउने भएका छन् । आयोजकले कार्यक्रमको उद्देश्य नेपालकै सांस्कृतिक तथा आध्यात्मिक सम्पदालाई शान्ति र साझा समृद्धिको विश्वव्यापी बहसको केन्द्रमा ल्याउनु रहेको जानकारी दिएको छ ।
त्यसैगरी, विभिन्न देशका तीन जना पूर्व राष्ट्रप्रमुख पनि यस कार्यक्रममा सहभागी हुनेछन् ।