सुर्खेत, १६ मङ्सिर ।
नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेश समितिले यही मङ्सिर २७ गते एकता सभाको आयोजना गर्ने भएको छ ।
मङ्सिर १८ गते सुर्खेत, वीरेन्द्रनगरमा आयोजना हुने भनिएको एकता सन्देश सभा स्थगित गरेर सो मितिमा सारिएको हो । पार्टीका केन्द्रीय नेतृत्वको कार्य व्यस्तता तथा सोही दिन कर्णाली प्रदेशका विभिन्न स्थानमा परम्परागत पूर्णिमा मेला र सांस्कृतिक पर्वहरू पर्ने भएकाले सभा सारिएको प्रदेश समितिले जनाएको हो ।
स्थगित गरिएको एकता सन्देश सभा गर्ने दिन पूर्णिमाका परेकाले विभिन्न मेला जात्रा तथा सांस्कृतिक कार्यक्रम हुने भएकाले सारिएको मूल व्यवस्थापन समितिका संयोजक काली बहादुर मल्लले जनाकारी दिए ।