Butwal Today

विश्व एड्स दिवसमा बुटवलमा सचेतना -याली

१५ मंसिर २०८२, सोमबार
अ+
अ-

बुटवल, १५ मंसिर ।

३८ औं विश्व एडस दिवसको अवसरमा बुटवलमा सचेतनामुलक ¥याली निकालिएको छ । अक्सबृज इन्टरनेशनल एकेडेमीको आयोजनामा सोमबार बुटवलमा निकालिएको सचेतनामुलक रयाली कालिकानगरदेखि राजमार्ग चौराहा आएर कोणसभामा परिणत भएको थियो । ‘अवरोधहरुलाई पार गरौं, एडस प्रतिकार्य रुपान्तरण गरौ’ भन्ने नारा र विभिन्न प्लेकार्डसहित विद्यार्थी शिक्षकसहितको ¥यालीमा सहभागी भएका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले एड्सबाट जोगिन र जोगाउन विद्यार्थीहरु बिचमा गरिने सचेतना अभियान महत्वपूर्ण हुने तर्क दिए । एकेडेमीका कार्यबाहक अध्यक्ष गोबिन्द खनालले विश्व स्वास्थ्य संगठनले मानवता जोगाउन अभियानसहित एडसको रोकथामको पहल गरेको बताउदै समुदायलाई नै अगाडि बढाउँदा एड्सप्रति अपहेलना घट्ने र अन्त्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले विद्यार्थी मार्फत समाजमा सचेतनामूलक कार्यक्रम गरेकोमा प्रशंसा व्यक्त गरे । पोख्रेलले एडस रोग नभई समस्या रहेको भन्दै यसको रोकथामको लागि ऐकेबद्धता आवश्यक रहेको बताए ।

शैक्षिक ज्ञानमात्र नभई विद्यार्थीहरुलाई समुदायसंग जोड्ने र सामाजिक योगदान हुने गरि विगतबाट नै विभिन्न काममा संस्था लागेको ऐकेडेमीका प्रबन्धक निर्देशक डीपी खनालले दाबी गरे । नेपालमा पछिल्लोसमय एड्स घट्दो दरमा रहेको सरकारी तथ्याकले देखाएको छ ।