Butwal Today

मौद्रिक नीति समीक्षा : ब्याजदर करिडोरमा समायोजन

१५ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १५ मंसिर ।

नेपाल राष्ट्र बैंकले सोमबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षा अनुसार ब्याजदर करिडोरमा समायोजन गरिएको छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमा मानिने स्थायी तरलता सुविधा दर ६.०० प्रतिशतबाट घटाई ५.७५ प्रतिशत कायम गरिएको छ । त्यस्तै, नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ प्रतिशतमा घटाइएको छ । करिडोरको तल्लो सीमा मानिने स्थायी निक्षेप सुविधा दर भने २.७५ प्रतिशतमा यथावत् राखिएको छ ।