ट्रेंडिंग:

>> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु

सडक मर्मत गर्दै विप्लव माओवादी 

१५ मंसिर २०८२, सोमबार
१५ मंसिर २०८२, सोमबार

रोल्पा, १५ मङ्सिर ।

रोल्पा सदरमुकाम लिवाङमा विप्लव नेतृत्वको नेकपा माओवादीले भत्किएका सडक मर्मत गरेको छ ।

नेकपा माओवादी रोल्पा नगर समितिको आयोजनामा भत्किएका सडक मर्मत गरिएको हो । पार्टीका नेता कार्यकर्ता र सर्वसाधारणले सदरमुकाम स्थित रोल्पा नगरपालिका वडा नं. २ र ४ मा भत्किएका सडक मर्मत गरेका हुन ।

सो पार्टीले गरिरहेको सडक मर्मत कार्यलाई नेपाली काँग्रेसका नेता समेत रहेका पूर्व सांसद लेखनाथ आचार्यले समेत साथ दिएका थिए । असल काम जसले गरे पनि साथ दिनु पर्छ पूर्व सांसद आचार्यले भने ।

नगरपालिकाले आँखा अगाडि भत्किएका यस्ता संरचना नदेख्नु दुखद भएको सांसद आचार्यको भनाइ छ । बिग्रे भत्केका यस्ता संरचना निर्माण गर्ने काम नगरपालिकाको नियमित काम भए पनि त्यतातिर ध्यान नजानु दुखद भएको आचार्यको भनाइ छ ।

रोल्पाको मुटु जिल्ला सदरमुकाममा नै लामो समयदेखि भत्किएका संरचना बनाउन सम्बन्धित निकाय तयार नभएपछि आफूहरूले सो काम गरेको नेकपा माओवादीका नगर इन्चार्ज दलबहादुर खत्रीले भने ।

सडक मर्मत नहुँदा दुर्घटनाको समेत सम्भावना बढ्दै गएपछि जिम्मेवार पार्टीको नाताले हामीले मर्मत सम्भार गरेका हौ खत्रीले भने ।

यही मङ्सिर १८ र १९ गते राष्ट्रिय बाल साहित्य सम्मेलन समेत रोल्पा सदरमुकाम लिवाङमा हुँदैछ । देश विदेशबाट करिब १ सयको सङ्ख्यामा रोल्पा आउने भएकाले भत्किएका सडकहरू देखेर राम्रो सन्देश पनि नजाने हुँदा पार्टीले यस्तो काम गर्न बाध्य भएको साहित्यकार भूपबहादुर केसीको भनाइ छ ।

आफूहरूले गरेको कामलाई अन्य व्यक्तिहरूले पनि सहयोग गर्नु भयो युवा सङ्गठन नेपालका केन्द्रीय संयोजक विश्लेषण सी ले भने ।

अन्य दलका नेता कार्यकर्ता, बजार बासी समुदाय र ट्राफिक प्रहरीले समेत सो कार्यमा सहयोग गरेको संयोजक विश्लेषणको भनाइ छ ।

श्रममा संलग्न व्यक्तिहरूलाई युवा व्यवसायी रमेश आचार्यले एक छाक खानाको व्यवस्था समेत गरेको विश्लेषण सिको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?