ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

सल्यानको लेखपोखरामा युवा करियर परामर्श गरिँदै

१४ मंसिर २०८२, आइतबार
१४ मंसिर २०८२, आइतबार

सल्यान, १४ मंसिर ।

सल्यानको लेखपोखरामा “युवा करियर परामर्श तथा सम्मान कार्यक्रम” सञ्चालन हुनेभएको छ ।

वडाका सफल र समाजमा योगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्न र विद्यार्थी युवालाई करियर र जीवनमार्गबारे प्रेरणा दिनका लागि छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ५ लेखपोखरा गरिपारेमा कार्यक्रम हुन लागेको हो ।

आगामी बिहिबार (मंसिर १८) मा वडा कार्यालयको आयोजनामा हुन लागेको कार्यक्रममा वडाभित्रका विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी हुने भएको वडा अध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिए ।

निजामती सेवा, सुरक्षा निकाय, पत्रकारिता, कृषि, शिक्षा र अन्य सरकारी क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई सार्वजनिक रूपमा सम्मान गरिने कार्यक्रम रहेको छ ।

साथै उनीहरुले युवा विद्यार्थीसँग आफ्ना सीप, अनुभव र कामको यात्राको बारे अनुभव सुनाउँदै आत्मबल बढाउनका लागि उत्प्रेरित गर्नेछन ।

“सम्मानसँगै कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी करियर परामर्श सत्र सञ्चालन गर्ने हाम्रो तयारी छ,” वडा अध्यक्ष तथा छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता बस्नेतले भने, “सरकारी सेवा तथा अन्य रुचि अनुसारको क्षेत्रमा प्रवेश गर्ने उपाय, आवश्यक तयारी, सीप विकास, अवसर पहिचान, लक्ष्य बनाउने तरिका र जीवन अनुभवका महत्वपूर्ण सिकाइलाई वडाभित्रकै सफल व्यक्तिहरुबाट प्रस्तुतीकरण हुनेछ ।”

५ नम्बर वडाबाट धेरै जना सफल व्यक्तित्वहरूले सामुदायिक विद्यालयबाटै यात्रा सुरु गरी उच्च सरकारी सेवा, पत्रकारिता, कृषि र अन्य क्षेत्रमा स्थापित भएको र सामुदायिक विद्यालयबाटै पनि लक्ष्य भेटाउन सम्भव छ भन्ने साहस जगाउन युवा करियर परामर्श तथा सम्मान कार्यक्रम सञ्चालन गर्न लागिएको वडा कार्यालयले जनाएको छ ।

छात्रछात्रा, अभिभावक, स्थानीय नेतृत्व र विभिन्न क्षेत्रका सफल व्यक्तित्व एकै स्थानमा भेला हुन लागेका हुन् ।

छत्रेश्वरी, ५ ले यस अघिका बर्षहरुमा पनि शिक्षक अभिभावक तथा विद्यार्थीलाई उत्प्रेरणा कक्षा, बाल बिवाह, लागू औषध दुर्व्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम, आत्महत्या रोकथाम, रैथाने सीप प्रवर्द्धन, संस्कृति संरक्षण जस्ता विभिन्न सामाजिक अभियानहरु सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?