Butwal Today

 सुर्खेतमा एमालेद्वारा महाधिवेशन प्रतिनिधि छनौट

१४ मंसिर २०८२, आइतबार
अ+
अ-

सुर्खेत, १४ मङ्सिर । 

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुर्खेत जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका अनुसार यो क्षेत्रबाट खुला, महिला र युवा गरी कुल ९ जना प्रतिनिधिहरू निर्विरोध निर्वाचित भएका छन् । जसमा खुलातर्फ वर्तमान अध्यक्ष कुलमणि देवकोटा,  मोहनसिंह बडुवाल, डम्बर तिवारी, पूर्ण प्रसाद पौडेल, भीम बहादुर रावत चयन भएका छन् ।

यस्तै, महिला तर्फ  टिका कुमारी अधिकारी, टिका कुमारी घले गुरुङ, निर्मला राना मगर चयन भएका छन् । यस्तै युवा तर्फ प्रेम खड्का चयन भएका छन् ।