© २०२३
गुल्मी १४ मङ्सिर ।
नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि गुल्मीमा प्रतिनिधि छनौट गरिएको छ ।
एमालेले २९ जना प्रतिनिधिको छनोट गरेको हो । प्रतिनिधिका लागि खुला सदस्य नौ जनाको लागि ३४ जनाको मनोनयन दर्ता भएको थियो । जसमा क्षेत्र नं १ बाट बालसिंह काउछा, फर्सुराम पाण्डेय, फर्सुराम ज्ञवाली, पीताम्बर अर्याल, रामजी ढकाल प्रतिनिधि चयन भएको निर्वाचन अधिकृत केशर बहादुर थापाले जानकारी दिए।
थापाका अनुसार महिला प्रतिनिधि ६ जनामा क्षेत्र नं १ बाट सुशीला पुन, राधिका अर्याल, अन्जु कँडेल प्रतिनिधि चयन भएका छन् । त्यस्तै गुल्मी क्षेत्र न २ बाट खुला सदस्यमा हरि प्रसाद पोख्रेल, प्रकाश काफ्ले, लिल बहादुर विष्ट र रित बहादुर थापा छनौट भएका छन् ।
महिला प्रतिनिधिमा ललिता गौतम, कमला शर्मा र सरिता खड्का छनौट भएको निर्वाचन अधिकृत पुर्णलाल श्रेष्ठले बताए । युवा तर्फ माधव विष्ट, दलित तर्फ कृष्ण सुनार, सूर्य बहादुर सानी र रिता रम्तेल प्रतिनिधि बनेका छन् ।
गुल्मी क्षेत्र नं १ मा खुला प्रतिनिधिमा बालसिंह काउछा, गुणदेव कुवँर, हेम बहादुर थापा, फर्शराम पाण्डे, युवराज न्यौपाने, फर्सुराम ज्ञवाली, टीकाराम पाण्डेय, कमल श्रेष्ठ, मधुकृष्ण पन्त, पीताम्बर अर्याल, प्रेम नारायण पराजुली, भिमलाल पाण्डेय, बिष्णु प्रसाद गौतम, बिष्णु प्रसाद पौडेल, राम्जी ढकाल, राम प्रसाद पाण्डेय र होम रानाले मनोनयन दर्ता गर्नुभएको थियो ।
क्षेत्र नं १ मा महिला प्रतिनिधि तर्फ सुशीला पुन, राधिका अर्याल, निरमाया तरामु, अन्जु कँडेल, लक्ष्मी देवि पन्त, तुल्मी कुमारी श्रेष्ठले मनोनयन दर्ता गर्नुभएको थियो। युवा प्रतिनिधिमा बालकृष्ण भण्डारी, अर्जुन कनौजे, सुजन ज्ञवाली र बिमल ज्ञवालीको मनोनयन परेको थियो ।
गुल्मी क्षेत्र नं २ का खुला प्रतिनिधि सदस्यमा हरि प्रसाद पोख्रेल, धर्म विश्वकर्मा, प्रकाश काफ्ले, लिल बहादुर विष्ट, लोक बहादुर खत्री, अर्जुन प्रसाद आचार्य, रित बहादुर थापा, नारायण पोख्रेल, हिरा एसी, कृष्ण घिमिरे, डिल्लीराज भुसाल, राजेन्द्र प्रसाद पाण्डे, केशव चन्द बोहोरा, खिमानन्द भण्डारी, सागिर मियाँ, सोमनाथ सापकोटा र उत्तम बहादुर कुवँरले मनोनयन दर्ता गरेका थिए ।
महिला प्रतिनिधितर्फ ललिता गौतम, सीता गिरी, कमला शर्मा, बिमला खत्री र सरिता खड्काको मनोनयन परेको थियो । युवा प्रतिनिधिमा माधव विष्ट, पदम श्रीस, सूर्य प्रसाद घिमिरे, ओम बहादुर कार्की र केदारचन्द्र भुसालको मनोनयन गर्दा भएको थियो ।
गुल्मीमा दलित खुला सदस्य प्रतिनिधिमा पाँच जनाको लागि हेमन्त सुनार, कृष्ण सुनार, सूर्य सोनी, गणेश श्रीपाली र कृष्ण विश्वकर्माले मनोनयन दर्ता गरेका थिए । दलित महिला तर्फ रिता रम्तेल र सावित्रा विकले मनोनयन दर्ता गरेका थिए ।
प्रतिनिधि छनौटमा एकलौटी भएको भन्दै प्रतिनिधि छनौट कार्यदलका सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य गणेश खनालले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले सर्वसम्मतको नाटक गरेर ठाडो निर्देशनमा एकपक्षीय व्यक्तिको नाम छनौट गरेको भन्दै सामाजिक सञ्जालबाटै आफ्नो कुनै सहमति नरहेको बताएका छन् ।