© २०२३
दाङ, ९ पुस ।
शुक्रवार बेलुका दाङमा घोराही तुलसीपुर सडक खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएकी किशोरीको पहिचान खुलेको छ । मृत्यु हनेमा सल्यानको छत्रेश्वरी गाउँपालिका – ४ का नवराज शर्माकी १९ वर्षीय छोरी सृजना शर्मा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पर्ने घोराही उपमहानगरपालिका – १६ सर्रा नजिकै दुर्घटना भएको र मृतक सृजनाको तत्काल पहिचान खुल्न सकेको थिएन ।
शुक्रबार अपरान्ह ४ बजेतिर तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ ख २३७५ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको रा २ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलको पछाडि सवार सृजनाको मृत्यु भएको थियो । मोटरसाइकल चालक दंगीशरण गाउँपालिका– ७ का १७ वर्षीय क्रिश खड्का घाइते भएको थिए । घाइते खड्काको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने बस र बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक गौतमले बताए । मृतक सिर्जना ज्ञानज्योती माध्यमिक विद्यालयमा तुलसीपुरमा कक्षा १२ मा अध्यनरत थिइन् ।