Butwal Today

सुन–चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

१४ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, १४ मंसिर ।

सुनको भाउ आज तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार कारोबार सप्ताहको पहिलो दिन आइतबार सुन तोलाको २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अस्ति शुक्रबार सुनको भाउ २ लाख ५० हजार ६ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि तोलामा १४५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । मूल्य वृद्धिसँगै चाँदी तोलाको ३ हजार ४ सय ९० रुपैयाँमा पुगेको छ ।

शुक्रबार चाँदीको भाउ ३ हजार ३ सय ४५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?