ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

परीक्षाको कापी फिर्ता नगरेपछि खनाल विरुद्ध प्रशासनमा उजुरी

९ पुष २०७९, शनिबार
९ पुष २०७९, शनिबार

बुटवल, ९ पुस ।

लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा प्रध्यापन गरेका एक शिक्षकले चेकजाँच गर्न लगेको परीक्षाको उत्तरपुस्तिका फिर्ता नगरेपछि प्रशासनमा उजुरी परेको छ । दाङ घर भई केही समय सिटी क्याम्पस बुटवलमा कानून विषय पढाएका दीपक खनालले विद्यार्थीको आन्तरिक परीक्षाको उत्तरपुस्तिका चेकजाँचका लागि लिएका थिए । कापि लिएको लामो समयसम्म पनि उनले फिर्ता नगरेको क्याम्पस प्रशासनले जनाएको छ ।

गत असोजको पहिलो साता उत्तरपुस्तिका लिएका उनले पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि फिर्ता नगरेपछि प्रशासनमा उजुरी गर्नुपरेको क्याम्पस प्रशासनले जनाएको छ । शिक्षक दीपक खनाललाई क्याम्पसले असोजको ९ गते काज फिर्ता गरेको थियो । दाङको मेट्रो कलेजबाट केही समयका लागि केही विषय पढाउन काजमा आएका उनलाई क्याम्पसमा नयाँ शिक्षक भर्ना भएपछि फिर्ता गरेको थियो । काज फिर्ता भएपछि आफै उत्तरपुस्तिका बुझाउनुपर्नेमा ताकेता गर्दा पनि नबुझाएपछि प्रशासनमा उजुरी गरिएको क्याम्पस प्रमुख फणिन्द्र कुमार न्यौपानेले जानकारी दिए ।

‘उरपुस्तिका जस्तो संवेदनशील विषय लामो समय शिक्षकले लिएर राख्नु उपयुक्त हँुदैन, हामीले लिखित र मौखिक रुपमा पनि उहाँसंग कापी मागेका थियौं, क्याम्पस प्रमुख न्यौपानेले भने,–‘हाम्रो अनुरोधलाई बेवास्ता गरेपछि बाध्य भएर प्रशासनमा उजुरी दिएका छौं ।’ काज फिर्ता भएपछि उत्तरपुस्तिका परीक्षण भए वा नभएको जेजस्तो अवस्थामा छ, त्यही अवस्थामा फर्काउनुपर्ने कर्तव्य शिक्षकको हुने उनले बताए । तर खनालले आफै फिर्ता दिनुको साटो ताकेता गर्दा पनि फिर्ता नगरेको उनले बताए ।

शिक्षकले उत्तरपुस्तिका नबुझाउँदा कैयौं विद्यार्थीको नतिजा प्रकाशन रोकिएको क्याम्पसले जनाएको छ । क्याम्पसकी प्रशासकीय अधिकृत कमला संजेलले उत्तरपुस्तिका परीक्षणका लागि दिएको तर पटक पटक आग्रह गर्दा पनि कापी फिर्ता गर्न नमानेको बताइन् ।

शिक्षक खनालले उत्तरपुस्तिका विद्यार्थीहरुको केही समूहलाई देखाउने गरेको समेत बताइएको छ । ‘उहाँले केही विद्यार्थीको समूहलाई संगै लिएर हिड्नुभएको छ, क्याम्पसमा विरुद्धमा क्याम्पेनिङ गर्नुभएको छ भन्ने सुनेका छौं, क्याम्पस प्रशासनले भन्यो,–‘यो शिक्षकको नैतिकता विपरीतको कुरा हो । अधिवक्ता जस्तो व्यक्तिले यस्तो गरेको सुहाउँदैन । विद्यार्थीको भविष्य नै डामाडोल गर्ने जिम्मेवारबिहिन शिक्षक कोही बन्नु हुँदैन ।’ क्याम्पससंगको रिसलाई विद्यार्थीसमक्ष पोख्नुले शिक्षक खनाल विद्यार्थीको भविष्यप्रति गैरजिम्मेवार रहेको पुष्टि भएको बताइएको छ ।

शिक्षक खनालले पनि उत्तरपुस्तिका फिर्ताका लागि इमेलमा पत्र आएको स्वीकार गरे । ‘इमेलमा उत्तरपुस्तिका फिर्ताको पत्र आएको थियो, मैले अझै चेकजाँच सकेको छैन, पेशी सकेपछि फिर्ता गर्नेछु, मैले रिप्लाई गरेको छु’, उनले भने । उनले आफूले क्याम्पस विरुद्ध अदालतमा उजुरी दिएको भन्दै त्यसको मुद्दा चलिरहेको समेत बताए ।

क्याम्पस प्रशासनका अनुसार शिक्षक खनालले विश्वविद्यालयले केही समयअघि गरेको शिक्षक पदपूर्तिको परीक्षामा सहायक प्राध्यापकमा आवेदन दिएका थिए । उनी एलएलएम उत्तिर्ण भएको सक्कल ट्रान्सकिप (प्रमाणपत्र) देखाउन नसकेपछि अन्तर्वार्ता परीक्षा छाडेर बाहिरिएका थिए । ‘नेपाल ल क्याम्पसको निजले स्नातकोत्तर तह उत्तिर्ण गुर्नभएको छ, भन्ने पत्रका ल्याउनुभएको थियो, तर अन्तर्वार्तामा सक्कल प्रमाणपत्र नै चाहिन्छ भनेपछि उहाँ विज्ञहरुमाथि अभद्र व्यवहार देखाउदै परीक्षा हलबाट बाहिरिनुभयो’ प्रत्यक्षदर्शी एक कर्मचारीले भने ।

सिटी क्याम्पसबाट काज फिर्ता भएपछि शिक्षक खनाल तुलसीपुर मेट्रो कलेजमा नपुगेको बताइएको छ । असोजमा काजफिर्ता भए पनि उनी पुस महिना लाग्दासम्म पनि कलेजमा पुगेका छैनन् ।

उत्तरपुस्तिका लिएर हिडेका उनी तुलसीपुर मेट्रो कलेज पुगेको पनि नदेखिएपछि सिटी क्याम्पसले उत्तरपुस्तिका फिर्ताका लागि प्रशासनमा उजुरी दिएको हो । ‘सिडियो सरले आवश्यक कारबाही थाल्छौं भन्नुभएको छ, जहाँसम्म उत्तरपुस्तिका फिर्ता हुन्छ, क्याम्पस प्रमुख न्यौपानेले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?