ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

नयाँ ऐक्यबद्धतामा पुरानै नेताको ‘भाषण’

१४ मंसिर २०८२, आइतबार
१४ मंसिर २०८२, आइतबार

लमही, १४ मङ्सिर ।

नेपाली कम्युनिष्ट पार्टीको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा शनिबार दाङको लमही देउखुरीमा भएको छ । सभालाई पार्टी संयोजक प्रचण्डसहित शीर्ष नेताहरू माधवकुमार नेपाल, बामदेव गौतम, भीम रावल र वर्षमान पुनले सम्बोधन गरेका थिए ।

पार्टी संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले देश गम्भीर राजनीतिक मोडमा पुगेको बताउँदै वामपन्थी र देशभक्त शक्तिहरूबिच ठुलो एकता आवश्यक भएको उल्लेख गरे ।

उनले आगामी चुनावलाई नै देशलाई निकास दिने मुख्य मार्गका रूपमा चित्रित गर्दै सबैलाई गम्भीरतापूर्वक चुनावी तयारीमा जुट्न आग्रह गरे ।
प्रचण्डका अनुसार अहिले देखिएको एकता चुनाव जित्नका लागि मात्र होइन, विगतका कमजोरी सुधार्दै जनताको भरोसा पुनः स्थापित गर्ने प्रयास पनि हो ।

दुई तिहाइ बहुमतको सरकार समेत टिक्न नसकेको उदाहरण दिँदै उनले जनताको मन जित्न नसके प्राप्त शक्तिको कुनै अर्थ नहुने बताए । उनका शब्दमा, “दुई तिहाइको सरकार पनि जनतासँगै नहुँदा काम लागेन। जनताले नमानिदिएर शक्ति टिक्दैन ।”

विगतमा विभिन्न कारणले उत्पन्न विवाद र गल्तीहरूलाई आत्मालोचनासहित सुधार गर्दै अघि बढ्नुपर्ने धारणा प्रचण्डले राखे। उनले ढिलो–चाँडो सबै कम्युनिष्ट शक्तिहरू एकै ठाउँमा आउने विश्वास प्रकट गर्दै जनता र विभिन्न क्षेत्रबाट आफूहरूलाई मिलेको समर्थनले पार्टीको एकता प्रक्रिया सुदृढ बन्दै गएको बताए ।

सभामा सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई उत्पादन र जनजीविकाका वास्तविक समस्यासँग जोडेर लैजाने प्रक्रिया सुरु भएको जानकारी दिए।

उनका अनुसार पार्टी अब जनताको जीवनयापनमा प्रत्यक्ष प्रभाव पार्ने विषयहरूमा केन्द्रित हुँदै रूपान्तरणको दिशामा अघि बढ्दै छ ।
यसै गरी, पूर्व गृहमन्त्री बामदेव गौतमले सबै राजनीतिक दलले विगतका कमजोरीबाट पाठ सिकेर जिम्मेवार रूपमा अघि बढ्नुपर्ने धारणा राखे। पूर्व गृहमन्त्री भीम रावलले नेपालको राष्ट्रियता संरक्षणलाई पार्टीले मुख्य एजेन्डा बनाउने बताए ।

पूर्व अर्थमन्त्री वर्षमान पुनले लुम्बिनी प्रदेशमा आयोजित यो सन्देश सभाले पार्टीको आज र हिजोको उपस्थितिको तुलना गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?