© २०२३
गुल्मी, १२ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि गुल्मीबाट महाधिवेशन प्रतिनिधि छनोट हुन ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय महाधिवेशनका लागि यस जिल्लाबाट महाधिवेशन प्रतिनिधि २० जना मात्र सहभागी हुन पाउने भए पनि ६१ जनाले उम्मेदवारी दर्ता गराएको नेकपा एमाले गुल्मीले जनाएको छ ।
दुई निर्वाचन क्षेत्रका ९ जना खुल्ला, ६ जना महिला, ४० वर्ष मुनिका २ जना युवा र एक महिलासहित तीन जना दलित कलस्टरबाट प्रतिनिधि छनोट हुनुपर्नेमा ६१ जनाले महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता गरोका हुन । एमाले गुल्मीका सचिव धर्म विश्वकर्माका अनुसार अनुसार खुल्लातर्फ ३४ जना, महिलातर्फ ११ जना, युवातर्फ ९ जना र दलित कलस्टरमा ७ जनाले उम्मेदवारी दर्ता गराएका हुन ।
महाधिवेशन प्रतिनिधि छनोटका लागि मङ्सिर १३ गते शनिवार निर्वाचनको कार्य तालिका तय गरिएको बताइएको छ । आज शुक्रवार दाबी विरोध र सहमतिका लागि प्रयास गर्ने र नभए निर्वाचनका माध्यमबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने तयारी गरिएको निर्वाचन कमिटीले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर -१ बाट खुल्लातर्फ ५ जना हुनुपर्नेमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा बालसिंह काउछा, गुणदेव कुँवर, हेम बहादुर थापा, फर्सराम पाण्डे, युवराज पाण्डे, फर्शुराम ज्ञवाली, टिकाराम पाण्डेय, कमल श्रेष्ठ, मधुकृष्णा पन्त, पिताम्बर अर्याल, प्रेमनारायण पराजुली, भिमलाल पाण्डेय, विष्णुप्रसाद गौतम, विष्णुप्रसाद पौडेल, रामजी ढकाल, रामप्रसाद पाण्डेय र होम रानाले उम्मेदवारी दर्ता गराएका छन् ।
महिलातर्फ ३ जना हुनुपर्नेमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा सुशीला पुन, राधिका अर्याल, निरमाया तरामु, अञ्जु कडेल खत्री, लक्ष्मीदेवी पन्त र तुल्सी कुमारी श्रेष्ठ छन् । युवातर्फ १ जना हुनुपर्नेमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा बालकृष्ण भण्डारी, अर्जुन कनौजे, सुजन ज्ञवाली र विमल ज्ञवाली रहेका छन् ।
निर्वाचन क्षेत्र नम्बर- २ बाट खुल्लातर्फ ४ जना हुनुपर्नेमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा हरिप्रसाद पोखरेल, धर्म विश्वकर्मा, प्रकाश काफ्ले, लिलबहादुर विष्ट, लोकबहादुर खत्री, अर्जुनप्रसाद आचार्य, रितबहादुर थापा, नारायण पोखरेल, हिरा एसी, कृष्ण घिमिरे, डिल्लीराज भुसाल, राजेन्द्र प्रसाद पाण्डेय, केशव चन्द बोहरा, खिमानन्द भण्डारी, सागिर मिया, सोमनाथ सापकोटा र उत्तमबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका हुन । महिलातर्फ ३ जना हुनुपर्नेमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ललिता गौतम, सिता गिरी, कमला शर्मा, विमला खत्री र सरिता खड्का रहेका छन् । युवातर्फ १ जना हुनुपर्नेमा ५ जना छन् । जसमा माधव विष्ट, पदम श्रीस, सूर्यप्रसाद घिमिरे ओमबहादुर कार्की र केदारचन्द्र भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसै गरी दलित कलस्टरतर्फ एक महिलासहित तीन जना हुनुपर्नेमा ७ जनाले उम्मेदवारी दर्ता गराए । जसमा दलित खुल्लातर्फ गणेश कुमार नेपाली, कृष्ण विश्वकर्मा, हेमन्त सुनार, कृष्ण सुनार र सूर्य सोन रहेका छन् । दलित महिलातर्फ रिता रम्तेल र सावित्रा विकले उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधि छनोटका लागि बिहीबार निर्वाचन क्षेत्र नम्बर- १ को रिडि, निर्वाचन क्षेत्र नम्बर- २ र दलित कलस्टरको जिल्ला पार्टी कार्यालय मदन आश्रित स्मृति भवनमा उम्मेदवारी दर्ताको काम भएको थियो । गुल्मीबाट छानिनुपर्ने २० जना प्रतिनिधि सर्वसम्मत छनोट हुन नसके सङ्गठित सदस्यबाट मतदानमार्फत छनोट गरिने नेकपा एमाले गुल्मीले जनाएको छ । यस जिल्लामा एमालेका दश हजार २८१ सङ्गठित सदस्य रहेका छन् ।