ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

लुम्बिनीमा हिंसाका घटना बढ्दै, तीन बर्षमा ८ हजार बढी मुद्दा दर्ता

११ मंसिर २०८२, बिहीबार
११ मंसिर २०८२, बिहीबार

बुटवल, ११ मंसिर ।

लुम्बिनी प्रदेशमा लैंगिक हिंसाका घटनाहरू निरन्तर बढ्दै आएको तथ्यांकले देखाएको छ । लुम्बिनी प्रदेशमा ३ बर्षमा ८ हजार ३ सय ३२ विभिन्न हिंसा र घटनाका मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यलयले जनाएको छ ।

यी मध्ये अधिकांश घरेलु हिंसाका छन् । घरपरिवार, आफन्त, साथीभाइ र अपरिचित व्यक्तिबाट हुने यस्ता घटनाले महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षा संकटको संकेत दिएको छ । प्रदेश प्रहरी कार्यालय, तुलसीपुर, दाङका अनुसार पछिल्ला केही आर्थिक वर्षमा घरेलु हिंसा र अन्य लैंगिक अपराधका उजुरीहरू उल्लेखनीय रूपमा बढेका छन् । अधिकांश जबजस्ती करणी, घरेलु हिंसा र जबजस्ती करणी उधोगका घटनाहरु बढेका छन् ।

प्रदेश प्रहरी कार्यालयबाट प्राप्त तथ्यांक

आर्थिक वर्ष ०८०/८१ साउनदेखि आसारसम्मको अवधिमा जवरजस्ती करणीसम्बन्धी ४३५ मुद्दा दर्ता भएका थिए भने जवर्जस्ती करणीका ७१, बहुविवाहका ११५, बालविवाहका २४, बोक्सीको आरोपमा १, अवैध गर्भपतनका ४, जातीय छुवाछुतका ३, अप्राकृतिक मैथुनमा १, बाल यौन दुरुपयोगमा ५९, घरेलु हिंसाका कारण कर्तव्य ज्यान ५, मानव बेचबिखन ६, अपहरण तथा शरीर बन्धक ८, जेष्ठ नागरिक दुव्र्यवहार ४, साइबर अपराध १२, बालबिज्याई ३६ र घरेलु हिंसा १ वटा मुद्दा दर्ता भएको थियो । सो अवधिमा घरेलु हिंसाका ठाडो उजुरी २ हजार ७९६ दर्ता भए थिए र कुल ३,५८२ वटा माथि उल्लेखित विभिन्न प्रकृतिका मुद्दा दर्ता भएको तथ्यांकमा छ ।

आर्थिक वर्ष ०८१/८२ साउनदेखि असारसम्मको तथ्यांक अनुसार जवरजस्ती करणीका मुद्दा ३५५, जवर्जस्ती करणी उद्योगका ६४, बहुविवाह १००, बालविवाह १६, अवैध गर्भपतन १, अप्राकृतिक मैथुन ५, बाल यौन दुरुपयोग ५१, जातीय छुवाछुत ३, घरेलु हिंसाका कारण कर्तव्य ज्यान ५, महिला–बालबालिका यौनजन्य ५, मानव बेचबिखन ४, अपहरण तथा शरीर बन्धक ४, जेष्ठ नागरिक दुव्र्यवहार ५, मानव बेचबिखन तथा आसार–पसार १९, साइबर अपराध ३, बालबिज्याई ३५ र घरेलु हिंसा २ वटा मुद्दा दर्ता भएका थिए । सो अवधिमा प्रदेशभर घरेलु हिंसाका ठाडो उजुरी २ हजार ८७९ दर्ता भए थिए भने माथि उल्लेखित घटना कुल ३,५६४ मुद्दा दर्ता भएको थियो ।

चालु वर्ष ०८२/८३ साउनदेखि कात्तिकसम्मको तीन महिनाको तथ्यांक अनुसार जबरजस्ती करणी १३१, जवर्जस्ती करणी उद्योगका १७, बहुविवाह २२, बालविवाह १, जातीय छुवाछुत २, बाल यौन दुरुपयोग १२, अवैध गर्भपतन १, घरेलु हिंसाका कारण कर्तव्य ज्यान २, मानव बेचबिखन २, अपहरण तथा शरीर बन्धक ५, जेष्ठ नागरिक दुव्र्यवहार २, बालबिज्याई १२ र घरेलु हिंसा १ मुद्दा दर्ता भएको छ । यस अवधिमा घरेलु हिंसाका ठाडो उजुरी ८७४ दर्ता भएको छ र उल्लेखित घटना कुल एकहजार ८६ विभिन्न प्रकृतिका मुद्दा प्रदेश कार्यलयमा दर्ता भएको तथ्यांकमा छ ।

माथि उल्लेखित तथ्यांक हेर्दा लुम्बिनी प्रदेशमा विभिन्न घटनाको बृद्धिदर डरलाग्दो देखिन्छ । अझै विशेष गरि घरेलु हिंसा र जबरजस्ती करणीका घटना अझै डरलग्दो र बढ्दो देखिन्छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालको तीन बर्षको तथ्यांक हेर्दा बिभन्न प्रकृतिका घटनाहरुका मुद्दा ८ हजार ३ सय ३२ दर्ता भएका छन् भने अधिकांश हिंसाका मुद्दाहरु भने आफसि समझदारीमा मिलापत्र भइ समाधान हुने गरेको प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीले बताए ।

उनका अनुसार, हरेक जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा सक्रिय छन् । ती शाखाबाट सञ्चालन हुने कार्यलाई अझ प्रभावकारी बनाउन निरन्तर प्रयास भइरहेको छ । “प्रहरीले पीडितलाई न्याय दिलाउन, कानुनी प्रक्रिया अघि बढाउन र हिंसा न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ”– उनी भन्छन्–“हाम्रो क्रियाशिलताले मात्रै समस्या समाधान हुँदैन नागरिक आफै पनि सचेत हुन जरुरी छ ।”

लुम्बिनी प्रदेश यौनजन्य हिंसाका दृष्टिले देशमा दोस्रो स्थानमा छ । सामाजिक संरचना कमजोर र पारिवारिक असमानताका कारण घरेलु र लैंगिक हिंसाका घटनाहरू अझै बढिरहेका छन् । प्रहरी र सम्बन्धित समाजिक अभियानमा सक्रिय संस्थाहरुले नागरिकको सुरक्षा, अपराध अनुसन्धान र सचेतनामूलक अभियानमा जोड दिए पनि प्रभावकारितामा भने कमजोर देखिन्छ ।

महिला हिंसा न्यूनीकरणका लागि विभिन्न सङ्घ–संस्थाले प्रत्येक बर्ष जागरण अभियान सञ्चालन गरिरहेका छन्। हिंसाविरुद्धको जागरण अभियान प्रायः एउटै स्थानमा केन्द्रित रहेको छ र वास्तविक वर्गसम्म पुग्न सकेको छैन। यसले परिणाम राम्रो निस्कन सकेको छैन र लैङ्गिक हिंसा न्यूनीकरणमा गुणात्मक तथा सङ्ख्यात्मक विकास हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?