ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सहकारीबाट रोजगारी र आत्मनिर्भर समाज निर्माणमा जोड : प्रदेश सांसद पन्थी

११ मंसिर २०८२, बिहीबार
११ मंसिर २०८२, बिहीबार

जितपुर, ११ मङ्सिर ।

लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले सहकारी क्षेत्र देशको आर्थिक मेरुदण्ड भएकाले राज्य र सहकारी दुवै हातेमालो गर्दै रोजगारी सिर्जना, आत्मनिर्भरता र स्वावलम्बी समाज निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित ‘कोसेली घर तथा सहकारी बजार’को औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थीले सहकारीहरूले निकै योगदान गरिरहे पनि केही सीमित सहकारीहरू व्यक्तिगत स्वार्थमा रमाउन खोजेको उल्लेख गर्दै सहकारीको मूल मूल्य, उद्देश्य र पारदर्शिताप्रति सबै गम्भीर हुनुपर्ने धारणा राख्नु राखेका थिए ।

प्रदेश सभा सदस्य पंथीले सहकारीको विकास र प्रवर्द्धनका लागि आफू निरन्तर दृढ रहिरहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि बाणगंगा नगर प्रमुख चक्रपाणि अर्यालले कोसेली घर स्थापनामा नगरपालिकाको दीर्घ तयारी, अध्ययन र लगनको फल भएको बताए । नगर प्रमुख अर्यालले यसको दिगोपनामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै परियोजनालाई दीर्घकालीन दृष्टिकोणबाट अघि बढाउन आग्रह गरेका थिए ।

कपिलवस्तु उद्योग वाणिज्य सङ्घ अध्यक्ष गणेश बहादुर क्षेत्रीले स्थानीय उत्पादन, उद्यमी र व्यवसायीसँग सहकार्य गर्दै कोसेली घरलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके स्थानीय अर्थतन्त्र सुदृढ हुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी, कृषि विकास शाखा प्रमुख लेस बहादुर केसी, सहकारी विकास बोर्डका पूर्व कार्यकारी सदस्य तथा संस्थाका सल्लाहकार गुणानिधि भुसाल, सहकारी महासङ्घ लुम्बिनी प्रदेशका लेखा संयोजक तेज प्रसाद आचार्य, बाणगंगा नगरपालिका–२ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, वडा–८ का अध्यक्ष बाबुराम अर्याल, वडा–९ का अध्यक्ष कमल पौडेल, वडा–१ का कार्यवाहक अध्यक्ष लक्ष्मीकान्त क्षेत्री, पत्रकार महासंघका पदाधिकारी, सञ्चारकर्मीहरू संस्थाका शेयर सदस्य एवम् स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको कोषाध्यक्ष चिरञ्जीवी पन्थीले जानकारी दिएका थिए ।

उद्घाटन समारोहमा संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासे, उपाध्यक्ष कुलराज पौडेल र सचिव कृष्ण प्रसाद न्यौपानेको मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको बारेमा व्यवस्थापक दिनामणी खनालले जानकारी गराएका थिए ।

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थानीय उत्पादनलाई स्थानीय बजारमै प्रोत्साहन दिने उद्देश्यसहित ‘कोसेली घर तथा सहकारी बजार’को औपचारिक शुभारम्भ गरेको छ । शुक्रबार बिहान ८ बजे आयोजित समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि, स्थानीय प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थितिमा बजार सञ्चालनको घोषणा गरिएको हो ।

सहकारीको मूल मन्त्र “एकका लागि सबै, सबैका लागि एक” लाई अघि बढाउँदै सिनर्जीले यस परियोजनामार्फत किसान, महिला समूह, साना उद्यमी र स्थानीय व्यवसायीलाई दिगो बजार उपलब्ध गराउने लक्ष्य लिएको छ । स्थानीय स्तरमा उत्पादन छ तर बजार अभाव रहेको समस्या समाधान गर्ने उद्देश्यले ‘उत्पादन घरमै, बजार गाउँमै’ अभियान अन्तर्गत यो पहल सुरु गरिएको हो ।

नव–स्थापित बजारमार्फत किसानका तरकारी, फलफूल, अन्न, दाल, घ्यू, मह, दुग्ध–उत्पादनदेखि महिला समूहका हस्तकला तथा लुम्बिनी क्षेत्रका मौलिक पहिचानयुक्त सामग्री सहकारीमार्फत सीधै बिक्री–वितरण गरिनेछ। यसले बिचौलियाको भूमिका न्यूनीकरण गर्दै किसानलाई उचित मूल्य प्राप्त हुने संयन्त्र निर्माण गर्नेछ ।

सदस्यहरूका लागि सिनर्जीले विशेष लाभांश योजनासमेत लागू गरेको छ, जसअनुसार सहकारी बजारमा कारोबार गर्दा प्राप्त मुनाफाको २० प्रतिशत रकम पुनः सदस्यकै खातामा जाँदै आर्थिक सुरक्षामा थप योगदान पु¥याउनेछ।

सहकारी बजारको सञ्चालनले स्थानीय रोजगारी वृद्धि, उद्यमशीलता प्रवर्द्धन तथा बाणगंगा नगरपालिकाको समग्र आर्थिक गतिविधिमा नयाँ गति ल्याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा बाणगंगा नगरपालिका, लुम्बिनी प्रदेश सरकार तथा सहकारीसँग सहकार्य गर्ने विभिन्न निकायहरूको सक्रिय सहयोगप्रति विशेष धन्यवाद व्यक्त गरिएको थियो।

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाले सुशासन, पारदर्शिता र जबाफदेहिता कायम गर्दै सहकारी बजार र कोसेली घरलाई लुम्बिनी प्रदेशकै नमुना बजारका रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?