ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

गुल्मीमा धान उत्पादनमा कमी

११ मंसिर २०८२, बिहीबार
११ मंसिर २०८२, बिहीबार

गुल्मी, ११ मङ्सिर । 

गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २४ हजार चार सय २६ मेट्रिकटन धान उत्पादन भएकोमा यस पटक उत्पादन घटेर २२ हजार तीन सय २३ मेट्रिकटन मात्र भएको छ ।

गत वर्षको तुलनामा जिल्लामा धानको उत्पादनमा ८ प्रतिशत भन्दा बढीले कमी आएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपाने जानकारी दिएका छन् ।

गत वर्ष जिल्लामा धान उत्पादनमा वृद्धि भए पनि यस पटक धानको क्षेत्रफलसँगै उत्पादन पनि घटेको सूचना अधिकारी न्यौपानेले बताएका छन् ।

गत वर्ष जिल्लामा सात हजार दुई सय ८८ हेक्टरमा क्षेत्रफलमा धान उत्पादन भएकोमा यस वर्ष घटेर ६ हजार दुई सय ७० हेक्टरमा पुगेको छ । जिल्लामा प्रत्येक वर्ष धानको उत्पादन र क्षेत्रफल घट्दै जान थालेको छ ।

धानको उत्पादन घट्नुको मुख्य कारणहरूमा समयमा बेमौसमी वर्षा, खडेरी, खेतहरू बाँझो बन्दै जानु, उन्नत बीउको प्रयोग कम हुनु, रासायनिक मलको उपलब्धता नहुनु, बसाई सराइँ, काम गर्ने श्रमिकहरूको कमी हुनु जस्ता कारणले धानको उत्पादनमा ह्रास आउँदै गएको बताइएको छ ।

गत वर्षभन्दा यस वर्ष बर्से धान उत्पादनमा आठ प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । जिल्लामा चैते धान तीन सय १५ हेक्टर र बर्से धान ६ हजार दुई सय ७० हेक्टर गरी गरी कुल ६ हजार पाँच सय ८५ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ ।

यस वर्ष चैते धान एक हजार दुई सय ८६ मेट्रिकटन र बर्से धान २२ हजार तिन सय २३ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए ।

जिल्लामा सबैभन्दा बढी धान उत्पादन हुने फाँटमा इस्माको चौरासी, सत्यवतीको जोहाङ्, उर्लीखोला र अस्लेवा काली गण्डकीको अर्बेनी, कनौटा, छापचौर, चन्द्रकोटको मजुवा, रूपाकोट, लगायतका फाँटहरू रहेका छन् ।

त्यसैगरी मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडीगाडको सुदी, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदानेको सिर्सेनी रहेका छन् । यसै गरी धुुर्कोटको छल्दी र पनाहा फाँट, गुल्मी दरवारको गरमटारी, छत्रकोटको खज्र्याङ्, मनबाग लगायतका फाँटहरू धेरै धान खेती हुने फाँटमा पर्दछन् ।

जिल्लामा आयातित चामलको गुणस्तर तथा मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको छ । जसका कारण गत वर्ष गुल्मीमा पाँच करोड मूल्य बरावरको चामल आयात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सरदर एक जना व्यक्तिले वार्षिक रूपमा एक सय २८ केजी चामल खपत गर्ने हुँदा जिल्लामा १४ हजार मेट्रिकटन भन्दा बढी चामल आवश्यक पर्ने बताइएको छ ।

गुल्मी जिल्लामा हँसराज, झोत्री, काठे, भिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोडे, मडियारे, रातोे मार्सी र मार्सी लगायत विभिन्न जातका धान उत्पादन हुने गर्दछ । उन्नत र हाइब्रिड जातका धान भन्दा स्थानीय जातको धान कृषकको रोजाइमा पर्ने गरेको छ ।

स्थानीय धानको भात खाँदा कम भोक लाग्ने, खानका लागि नरम र स्वादिलो हुने हुँदा यहाँका कृषकहरूले रैथाने धान उत्पादनमा निरन्तरता दिँदै आएका छन् ।

कृषि ज्ञान केन्द्रले पनि जिल्लामा यस्ता प्रकारका रैथाने जातका बीउको संरक्षण गर्नका लागि कृषकहरूलाई यसको उत्पादनमा जोड दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?