ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

सरकार रक्षा कवच बनोस् 

१० मंसिर २०८२, बुधबार
१० मंसिर २०८२, बुधबार

हिमाल, पहाड र तराईमा हरेक दिन जसो चिसो बढ्दै गएको छ ।

हिमाली भेगमा यो वर्षको पहिलो हिमपात सुरु भएको छ । पहाडी क्षेत्रका लेकमा समेत हिमपात भएको देखिएको छ । तराईमा पनि अव चिसो बढ्दै गएको छ । सरकारले चिसोबाट बच्न पूर्व तयारी सुरु गरिएको जनाएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले चिसो जन्य बिपदबाट एक लाख नागरिक प्रभावित हुने आङ्कलन गर्दै पूर्व तयारी सुरु गरेको जनाएको छ । सरकारले गर्ने पूर्व तयारी कहिले पनि पर्याप्त हुन सकेको देखिएको छैन । तराईमा हुस्सुले चिसो बढाएको छ ।

बिहान साँझ हुस्सु लाग्न थालिसकेको छ । चिसो बढेसँगै तराई र हिमालका जनता प्रभावित हुन थालेका छन् । तापक्रम घट्दै जाँदा चिसो हावासँगै पानीको थोपा चुहिने र बाक्लो हुस्सु लाग्ने गर्छ । तापक्रम घट्ने क्रम भर्खर मात्र सुरु भएको छ ।

यो अवस्था बढ्दो क्रममा रहेकाले यी क्षेत्रका बासिन्दाले अझै जटिल अवस्थाको सामना गर्नुपर्ने निश्चित छ । प्रकृतिजन्य समस्या भएकाले यसलाई कसैले रोक्न तथा छेक्न त सक्दैन, तर पूर्व तयारी गर्न सकियो भने क्षति न्यूनीकरण गराउन भने अवश्य सकिन्छ ।

बेलैमा सचेत भएर चिसोबाट बच्ने र बचाउन सकिने विकल्पबारे सोच्नुपर्छ । अबको एक महिनापछि पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा चिसोको समस्या धेरै हुनेछ । किनभने शितलहरको कहर अझै बाँकी छ । यति बेला मौसम चिसो हुने समय भएपनि अकस्मात् चिसोको मात्रा बढेको छ । चिसोले खासगरि गरिव र न्यून आय भएकाहरू बढी प्रभावित हुने अवस्था छ ।

यो प्रत्येक वर्षको नियमित प्रकृया जस्तै बनेको छ । जाडोमा एकसरो कपडासमेत किन्न नसक्ने र रातीमा ओढ्ने ओछ्याउन नहुँदा दुःख पाएका नागरिक सबैभन्दा धेरै पीडामा छन् । यो समयमा उनीहरूलाई गास, बास र कपासको उचित प्रबन्ध गर्न कुनै कसर बाँकी राख्नु हुँदैन ।

खासगरि भुकम्प प्रभावित र गत बर्ष असोज ११ र १२ गते परेको पानीका कारण विस्थापित भएका प्रभावित नागरिकले चिसोको कहर भोगिरहेका छन ।

सरकारले बिपदजन्य घटनामा प्रभावित नागरिकको ज्यू धनको सुरक्षाको जिम्मेवारी लिनुपर्दछ । नागरिकको संरक्षक राज्य भएका कारण उनीहरूलाई चिसोबाट जोगाउने अभिभारा पनि राज्यले बहन गर्नुपर्छ ।

सरकारसंगै मानव सेवामा लागेका धार्मिक, सामाजिक संघ संस्थाहरू र आर्थिकरूपले सम्पन्न नागरिकले पनि यति बेला मानवता प्रदर्शन गरेर चिसोबाट प्रभावित भएकाहरूलाई सामाजिक सेवा भाव दर्शाउनुपर्दछ ।

हरेक वर्ष यही समयमा चिसो बढ्नु र बैशाखदेखि भदौसम्म गर्मीले आक्रान्त बनाउनु प्रकृतिको नियति हो । तर, यसलाई वर्षैपिच्छे दोहोरिने समस्या हो भन्दै सरकारले नजरअन्दाज गर्नु हुँदैन । चिसो प्रभावतलाई कपडा वितरण गर्ने, दाउरा बालेर घर–गोठभित्र तातो बनाइराख्ने व्यवस्था गर्ने काममा स्थानीय सरकारले समेत सघाउनु पर्दछ ।

तराईमा भन्दा पनि हिमाली भेगमा हिमपात सुरु भैसकेकोले त्यहाँका नागरिकको सुरक्षामा सरकारको ध्यान जाओस् । चिकित्सकहरूका अनुसार शीतलहर, हुस्सु, कुहिरो र चिसो हावाको समयमा रोगले छिटो आक्रमण गर्छ ।

नागरिकले पनि सरकारको मात्र मुख नताकी आफ्नो स्वास्थ्यको हेरचाहमा ध्यान दिनेतर्फ प्रयास गर्नुपर्छ । सरकारले पनि दायित्व सम्झेर चिसोबाट प्रभावितलाई राहत दिने कुरामा ढिलाई नगरोस् । चिसोबाट बढी प्रभावित क्षेत्र र समुदायका मानिसको सुरक्षा सरकारको समेत दायित्व हो । नेपालमा गत भदौमा जेनजी आन्दोलनपछि नयाँ सरकार बनेको छ ।

नयाँ सरकार पहिलो चरणमै चिसोबाट प्रभावित भएकाहरूको लागि रक्षा कवच बनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?