© २०२३
काठमाडौँ, ९ पुस ८ ।
काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले शुक्रबार १९ किलो अर्धठोस अवस्थाको सुनसहित एक सुडानी नागरिकलाई पक्राउ गरेको छ ।
अपराह्न फ्लाई दुबइमार्फत नेपाल आएका सुडानी नागरिक २७ वर्षीय मोहम्मद अहमद डफल्ला सराफेल्डिन सुनसहित पक्राउ परेका भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले जानकारी दिए ।
भन्सार कार्यालयमा जाँचका क्रममा उनले सुन ल्याएको फेला परेपछि उक्त सुन बरामद गरिएको हो । “उसको गतिविधि शङ्कास्पद देखियो अनि कार्यालयका कर्मचारीले जाँच गर्दा उनले अर्धठोस अवस्थाको सुन ल्याएको फेला प¥यो”, पाण्डेले भने, “थप विषयहरु अनुसन्धानका क्रममा रहेको छ ।”
सुन १० वटा प्याकेटमा अर्धठोस अवस्थामा रहेको र उनले पनि सुन ल्याएको स्वीकार गरेको पनि पाण्डेले बताए । उनी पहिलो पटक नेपालमा भ्रमण भिसामा आएका व्यक्ति हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।