ट्रेंडिंग:

>> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता
अन्तर विद्यालय (छात्र/छात्रा) फुटबल, 

छात्र नवीन र छात्रा कुवँरवर्तीलाई उपाधि

८ मंसिर २०८२, सोमबार
८ मंसिर २०८२, सोमबार

बुटवल, ०८ मङ्सिर । 

बुटवलमा सम्पन्न जिल्ला स्तरीय एन्फा यु–१४ अन्तर विद्यालय (छात्र/छात्रा) फुटबल प्रतियोगिताको उपाधि नवीन औद्योगिक मावि (छात्र) र कुवँरवर्ती बोर्डिङ स्कुल (छात्रा) ले चुमेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को सहयोग, रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा आइतबार भएको दुई फाइनलमा नवीन औद्योगिक माविले न्यु होराइजनलाई ७–० गोल तथा कुवँरवर्तीले सिद्धार्थ बोर्डिङ स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा नवीनको जितमा निशाल चौधरी र प्रमेश चोलामी मगरले ह्याट्रिक गरे ।  एकतर्फी खेलमा चौथो मिनेटमा नवीन औद्योगिक माविका निशान चौधरीले खाता खोले । उनले खेलको ११, ३१ औ मिनेटमा गोल गर्दै हयाट्रिक पुरा गरे ।

चौधरीले ४३ औं मिनेटमा थप गोल गरे । यसै गरी ३३, ५३ र ५४ औ मिनेट प्रमेश चोलामीमगरले गोल गरे ।  यता छात्रातर्फ भएको खेलमा कुवँरवर्तीको जितमा वर्षा सुनारले ह्याट्रिक गरे ।

उनले खेलको ११, ४० र ४२ औ मिनेटमा गोल गरिन । सिद्धार्थकी लक्ष्मी थापाले पेनाल्टीमा सान्त्वना गोल गरिन । प्रतियोगितामा छात्रतर्फ सिद्घार्थका विशाल बिक हाईस्कोरर, नवीनका अजय भण्डारी बेष्ट गोलिकपर तथा नबिनकै प्रमिश चोलामीमगर भ्यालुवेयवल खेलाडीको घोषित हुँदै पुरस्कृत भए ।

छात्रातर्फ कुवँरवर्तीकी वर्षा सुनार हाइस्कोरर तथा भ्यालुवेयवल खेलाडी तथा सिद्धार्थकी प्रकृति थापा बेष्ट गोलिकपरबाट पुरस्कृत भइन ।
नवीनले उपाधिसँगै नगद ४० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो ।

उपविजेता न्यु होराईजन भने नगद २० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्रबाट चित्त बुझायो । कुवँरवर्तीले उपाधिसँगै नगद २० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो भने उपविजेता सिद्धार्थ भने नगद १० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

एक समारोहका बिच अखिल नेपाल फुटबल सङ्घ एन्फाका केन्द्रीय उपाध्यक्ष दीर्घ बहादुर केसी, जिल्ला अध्यक्ष लोक पुन, खेल संयोजक बुद्धि गुरुङले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?