ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

शान्ति समाज रुपन्देहीको प्रदर्शन, विद्यालयलाइ शान्ति क्षेत्र घोषणा गर्न माग

६ मंसिर २०८२, शनिबार
६ मंसिर २०८२, शनिबार

बुटवल, ६ मंसिर ।

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा बुटवलको हस्पिटललाइनमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

शान्ति समाजले विद्यालयलाइ शान्ति क्षेत्र घोषणा, बालबालिकालाई राजनीतिक दुरुपयोग र जुलुसमा सहभागी नगराउन, उनीहरुको उज्ज्वल भविष्यको लागि हिंसा मुक्त समाज सुनिश्चित गर्न सबै संबेदनशील हुनुपर्नेमा जोड दिएको छ । साथै शिक्षा क्षेत्रमा हुने राजनीतिकरण अन्त्य हुनुपर्ने एवं शैक्षिक प्रतिष्ठानमा आगजनी र तोडफोड गर्नेलाइ दन्डित गर्नुपर्ने माग गरेको छ ।

प्रमुख वक्ता शान्ति समाजका पुर्व केन्द्रीय सभापति गोविन्द खनालले समाजका सरोकारवाला क्षेत्रहरु अझै पनि बालबालिका मैत्री बाताबरण हुन नसकेको चिन्ता व्यक्त गर्दै अविलम्ब बालबालिकाको स्वास्थ्य, शिक्षा, उज्ज्वल भविष्य, क्षमता विकासको प्रवन्ध गर्नुपर्ने औल्याए ।

शान्ति समाजका केन्द्रीय सचिव डिपि खनालले बाल सुधार गृहमा आफुहरु अनुगमन गर्दा सुधार गर्नुपर्ने देखिएको बताए । उच्च अदालत बुटवल इजलास बार एसोसिएसन अध्यक्ष गोविन्द मरासिनीले बालबालिकाले कानुनी प्रबन्ध गरेको अधिकार अनिवार्य उपभोग गर्न पाउनुपर्ने बताए ।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली दिगो लोकतन्त्रले मात्र बालबालिकाको अधिकार सुनिस्चित हुने औल्याउँदै व्यावसायिक र औद्योगिक वातावरणको लागि शान्ति पहिलो शर्त भएको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकालले मानवअधिकार, स्वतन्त्रता र बालबालिकाको लागि शान्ति समाजको साथमा रहेको वताए । शान्ति समाज रुपन्देही सभापति अर्जुन ज्ञवालीले भोलिका देश निर्माताहरु आजका बालबालिका भएकोले तिनीहरुको गास, वास, कपास, शिक्षा, सस्कार, सद्भाव, स्वास्थको सुनिश्चितता आजको आवश्यकता रहेको उल्लेख गरे ।

पुर्व सभापति, पुर्व पदाधिकारी, कार्यसमिति, आजिवन सदस्य, साधारण सदस्य, नागरिक अगुवा, अभियान्ता र संचार कर्मीको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता शान्ति समाज रुपन्देही सभापति अर्जुन ज्ञवालीले गरेका थिए भने उपसभापति कृष्ण पाण्डे र सहसचिव अर्जुन कुवरले पनि आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?