© २०२३
चन्द्रौटा (कपिलवस्तु), ८ पुस ।
कपिलवस्तु शिवराज–११ मा सरोकारवाला निकायहरुसँग संयुक्त कार्ययोजना निर्माण तथा इस्सु बेसेड एलायन्स विल्डङ कार्यक्रम गरिएको छ ।
थुन्हिया आशा सञ्जालले शुक्रबार मर्जादपुरमा आयोजना गरेको कार्यक्रममा पछिल्लो समय समाजमा भइरहेको बाल विवाह, रोगव्यधी लगायत विकृति र विसंगतिलाई नियन्त्रण गर्न सरोकारवाला निकायले प्रतिबद्धता जनाएका छन् ।
“जहाँ उत्पीडन र विभेद त्यहाँ आशा सञ्जालको प्रतिरोध“ भन्ने उद्देश्यले समाजमा अन्याय, दाइजो प्रथा र सरसफाइ लगायतको विषयमा बृहत् छलफल गरेर समन्वय गर्ने समेत सञ्जालका अध्यक्ष मुमताज अलीले बताए ।
वडा नम्बर ११ का वडा अध्यक्ष रामेश्वर बर्माले कार्यक्रमलाई सम्बोधन गर्दै शौचालय निर्माण गरेर पनि प्रयोगमा नआउँदा रोगव्याधीको प्रकोप बढ्दै गएको बताए । वडा कार्यालय र नगरपालिका लगायत सम्बन्धित निकायले नियन्त्रण गर्न अनेक पहल गर्दा समेत केही मात्रामा मात्रै न्यूनीकरण भएको उनले जिकिर गरे ।
किडार्क नेपाल सामाजिक विकास अधिकृत बिनोद केवटले कपिलवस्तु देशकै दोस्रो स्थानमा पर्ने कुपोषणयुक्त जिल्ला रहेको बताए । कुपोषणको मुख्य जरा नै वातावरण प्रदुषण हो त्यसमा पनि खुल्ला दिसापिसाबले त्यसको कारण रहेको समेत उनको भनाइ छ ।