© २०२३
बुटवल, ५ मंसिर ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनले रुपन्देही ब्यापार संघमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रम गरेको छ ।
क्लबको शुक्रबार भएको १०५२ औ नियमित बैठकमा संघको नवनिर्वाचित अध्यक्ष प्रकाश ढकाल, महासचिव प्रकाश पौडेल र सहसचिव नलराज नेपाललाई सम्मान तथा नया कार्यकालको शुभकामना दिएको हो ।
कार्यक्रममा पूर्व अध्यक्ष काउन्सिलका अध्यक्ष राजेन्द्र ढकाल, पूर्वअध्यक्ष टंक पराजुली, कार्यबाहक धर्मदत्त ज्ञवालीले खादामालासहित सम्मान गरेका थिए ।
यसैगरि सास्कृतिक पर्व तिहार लक्षित गरि संयुक्त आयोजना गरिएको देउसी भैलो कार्यक्रमको खर्च कटाएर बचत रकम ७५ हजार २ सय ६५ रुपैया रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष आविष्कार खनाललाई हस्तान्तरण गरिएको छ ।
यसैगरि देवदहस्थित चेली कृषि सहकारीको स्थापना दिवसमा वृहत निशुल्क आँखा शिविर गरिएको क्लबका सचिव केशव बश्यालले बताए । निशुल्क आँखा शिविर ९ सय बढी स्थानियले सेवा लिएको कार्यक्रम संयोजक प्रेमा केसीले बताईन । ग्रामिण क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम महत्वपूर्ण भएको सहसंयोजक योगेन्द्र पन्थीले बताए ।