ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

बदलियो गाउँ, बदलिएन आनीबानी

५ मंसिर २०८२, शुक्रबार
५ मंसिर २०८२, शुक्रबार

चन्द्रौटा, ०५ मङ्सिर ।

कपिलवस्तुको खरेन्द्रपुर–सितलापुर–भिल्मी सडक खण्डमा अहिले निर्माण कार्य करिब करिब सकिएको छ । स्थानीय बासिन्दाले वर्षौँदेखि दुर्गम यात्राको पीडा बोक्दै आएका यो मार्ग अब सहज आवतजावतको आधार बन्न सक्ने अपेक्षा छ ।

सरकारले सडकमा सहज रूपमा आवतजावत गर्न निर्माण गरिएको भए पनि स्थानीयले घरायसी बस्तु राख्ने थलोको रूपमा प्रयोग गर्दै आएका छन् । उनीहरूले सडक छेउमा धान सुकाउने, दाउने, टेक्याटरको फाली राख्ने, काठ दाउरा राख्ने, गाईबस्तु बाँध्ने र पराल राख्ने जस्ता कार्यको रूपमा प्रयोग गरेको पाइएको छ ।

सडक पूरा नहुँदै यसको वास्तविक प्रयोगमा चुनौती देखिन थालेको छ । सडकको किनार घरायसी गतिविधिको केन्द्र बनेको छ । राजमार्ग वा ग्रामीण सडकका किनारमा कृषिजन्य कामका दृश्यहरू देखिनु असामान्य होइन । तर यहाँको अवस्था फरक छ ।

सडक नजिकै धान सुकाइने, दाइने, पराल थुपार्ने, ट्र्याक्टरका फाली राख्ने, काठ दाउरा जमाउने र गाईबस्तु बाँध्ने दृश्यले यो सडकलाई ‘समुदायको खुला आँगन’ बनाइदिएको छ ।

यी गतिविधिले एकातिर ग्रामीण जीवनशैली र परम्परागत काम गर्ने प्रवृत्तिलाई झल्काउँछन्, अर्कोतिर करोडौँ खर्चेर बनेको यातायात पूर्वाधारको उद्देश्य नै कमजोर बनाइदिन्छन् ।

स्थानीयले प्रयोग गरेपछि सवारी आवतजावतमा समस्या हुने गरेको सवारी चालक भूपेन्द्र चौधरीले बताउँछन् । सरकारले करोडौँ लगानी गरेर सडक बनायो तर ग्रामीण भेग नागरिकहरूले सडक छेउमा धान सुकाउने, दाउने र पराल राख्ने जस्ता कार्यले निकै समस्या भएको उनले बताए ।

सवारी चालक भूपेन्द्र चौधरी दैनिकै यस सडकमा गुड्छन् । स्थानीयका घरायसी गतिविधिबाट सवारी आवतजावतमा बारम्बार समस्या पर्ने उनी बताउँछन् ।

“सडक त सरकारले सबैका सुविधा र विकासका लागि बनाएको हो । तर बिचैमा धान सुकाइदिँदा, पराल थुपार्दै गर्दा वा गाई बाँधेर राख्दा सवारी चलाउनै गाह्रो हुन्छ” उनले भने ।

ग्रामीण भेगमा करोडौँको लागतमा सडक बन्नु आफैँमा ठुलो उपलब्धि हो । तर ग्रामीण भेगमा यस्तो पूर्वाधार निर्माण भएपछि व्यवहारगत परिवर्तन आवश्यक हुन्छ । स्थानीय बासिन्दाको परम्परागत क्रियाकलाप अझै पनि सडककै छेउमा केन्द्रित रहन्छ । किनकि उनीहरूसँग वैकल्पिक स्थान छैन वा सडकलाई सरसफाइ र संरचनाको हिसाबले महत्त्व दिन सिकेका छैनन् ।

बदलियो गाउँ, बदलिएन बानी
सडकले सुविधा ल्याउँछ, विकासका सम्भावना बढाउँछ, समय र दूरी घटाउँछ । तर बानी र व्यवहार परिवर्तन नभएसम्म कुनै पनि पूर्वाधारले आफ्नो प्रभावकारी भूमिका निभाउन सक्दैन । खरेन्द्रपुर–सितलापुर–भिल्मी सडक अहिले संरचनागत रूपमा तयार हुँदै छ । नाली लगायत केही संरचना निर्माण गर्न केही मात्रै बाँकी रहेको छ । अब आवश्यक छ–स्थानीयको चेतना, सामुदायिक सहजीकरण, र नगरपालिका–गाउँपालिका स्तरको निगरानी गर्न आवश्यक छ ।
शिवराज नगरपालिका वडा नम्बर–३, खरेन्द्रपुर चोकदेखि महाराजगन्ज, तौलिहवा, लुम्बिनी, हुलाकी रोड, भारतको कोटिया लगायतको स्थानमा जोडने सडक बिचमा अलपत्र बनेपछि स्थानीयसँगै यात्रुलाई सास्ती सडक निर्माण सकिएपछि सहज भएको पूर्व मन्त्री ईश्वर दयाल (विरेन्द्र) मिश्रले बताए । ७७ करोड ४८ लाखसम्मको लागतमा निर्माण भएको सडकको लम्बाई १८.८२० किलोमिटर रहेको हुलाकी राजमार्ग योजना कार्यालय गोरुसिङ्गे कपिलवस्तुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?