ट्रेंडिंग:

>> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु

स्कुल सुधार्ने ‘मिझिङे जुक्ति’

मुठी दान सङ्कलन गरी विद्यार्थीको लागि आवासीय सुविधा दिइएको छ । विद्यालयको खर्च धान्नका लागि समुदायले अक्षयकोष स्थापना, देउसी भैलो र अभिभावकको जन्मदिन विद्यालयमै मनाउने परम्परा चलाउँदै आर्थिक सङ्कलन गरिरहेको छ । 
५ मंसिर २०८२, शुक्रबार
५ मंसिर २०८२, शुक्रबार

रोल्पा, ०५ मङ्सिर ।

जिल्लाको सुनिलस्मृति गाउँपालिका–३ मिझिङ गाउँमा रहेका चन्द प्रभा माध्यमिक विद्यालय सुधारका लागि समुदायले पहल थालेका छन् ।

२०१५ सालमा स्थापना भएको सो विद्यालयमा राजनीतिक खिचातानीले सधैँ विवाद हुँदा पठनपाठन समेत प्रभावित हुने गरेको थियो । विद्यालय व्यवस्थापन समिति गठन हुँदा दलीय आधारमा प्रतिस्पर्धा गर्ने देखि प्रधानाध्यापक नियुक्तिसम्ममा राजनीतिक खिचातानी भएपछि स्थानीयहरू बेचैन भएका थिए ।

दलीय प्रतिस्पर्धा गरी पहिलो पटक नेकपा माओवादी निकट खगेन्द्र केसी सो विद्यालयको विव्यस अध्यक्षमा निर्वाचित भएका थिए । पछिल्लो पटक नेपाली काँग्रेस निकट केशर विष्ट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रधानाध्यापक नियुक्तिमा समेत सधैँ विवाद रहने सो विद्यालयमा पछिल्लो पटक ओमप्रकाश विष्ट विद्यालयको प्रधानाध्यापक नियुक्त भएका छन् । प्लस टु सम्म सञ्चालित सो विद्यालयको राजनीतिक खिचातानीले शैक्षिक गुणस्तर समेत वर्षेनि खस्कदै जान थालेपछि स्थानीय अभिभावकहरू झस्किन थालेका हुन ।

मिझिङ पूर्व मन्त्री स्वर्गीय वालाराम घर्ती मगरको गाउँ हो । राजनीतिक खिचातानी बिच पछिल्लो पटक भने सो विद्यालय सुधारका लागी समुदायले अनेक जुक्ति निकाल्न थालेका छन् । दसैँ र तिहारको लामो बिदामा समेत विद्यार्थीलाई पढाइ र अतिरिक्त क्रियाकलापमा सहभागी गराउने भन्दै निःशुल्क अङ्ग्रेजी भाषा अध्ययन, साङ्गीतिक प्रशिक्षण र तेक्वान्दो प्रशिक्षण सञ्चालन गरिएको थियो ।

विद्यालयको प्रधानाध्यापक ओमप्रकाश विष्टले बिदा अवधिभर निःशुल्क अङ्ग्रेजी भाषा अध्ययन, साङ्गीतिक प्रशिक्षण दिएका थिए भने स्थानीयवासी प्रकाश घर्ती मगरले तेक्वान्दो प्रशिक्षण दिएका थिए ।

विद्यालयले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क आवासीय सुविधा सहित विद्यालयमै पठन पाठन गराउने उद्देश्यले मुठ्ठी दान अभियान सञ्चालन गरेको छ । आगामी एसइई परीक्षालाई लक्षित गरी कक्षा १० का विद्यार्थीलाई आवासीय सुविधा सहित पठनपाठन गराउन उक्त अभियान सञ्चालन गरेका हौँ शिक्षक अभिभावक सङ्घका अध्यक्ष मेघनाथ विष्टले भने ।

सो अभियानका लागि हालसम्म ५ सय केजी चामल, ३ पेटी तेल, १० केजी दाल र एक हजार रुपैयाँ सङ्कलन भइसकेको छ अध्यक्ष विष्टले भने । विद्यालयको कक्षा १० मा अध्ययनरत ५६ जना विद्यार्थीलाई विद्यालयमै आवासीय सुविधा सहित पठनपाठन गराउने विद्यालयको भनाइ छ ।

देउसी भैलोबाट झन्डै ३७ लाख सङ्कलन
विद्यालयले यस वर्षको तिहारमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट ३६ लाख ९४ हजार ८ सय २ रुपैयाँ सङ्कलन गरेको छ । विद्यालयले दिएको जानकारी अनुसार, सङ्कलित रकममध्ये २४ लाख ९१ हजार ९९२ रुपैयाँ विद्यालयको अक्षयकोष बापत सहयोग प्राप्त भएको हो । यस्तै बाँकी रहेको १२ लाख २ हजार ८१० दान स्वरूप प्राप्त भएको हो ।

अक्षयकोषका लागि स्थानीय समाजसेवी भुपनारायण घर्ती मगर र उनको परिवारले पूर्व मन्त्री स्व. बालाराम घर्ती मगरको स्मृतिमा सबैभन्दा ठूलो रकम ३ लाख ३३ हजार ३३३ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

यो सँगै विद्यालयले अहिलेसम्म ३० जना दाताहरूले अक्षयकोष स्थापना गरेका छन् । हालसम्म ३० जनाले कुल २४ लाख ९१ हजार ९९२ को अक्षयकोष स्थापना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर विष्टले भने । उक्त अक्षयकोष परिचालनका लागी विद्यालयले कार्यविधि समेत तयार गरी सकेको अध्यक्ष विष्टको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्टका अनुसार अक्षयकोषबाट प्राप्त हुने ब्याज विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार, प्रतिभा विकास, शैक्षिक सामग्री व्यवस्थापन र विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणका लागि प्रयोग गरिनेछ ।

अक्षयकोष अभियान, मुठी दान कार्यक्रम र संस्कारगत जागरण अभियानलाई अझ सशक्त रूपमा निरन्तर अघि बढाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्टको भनाइ छ ।

अभिभावकको जन्मदिन विद्यालयमा 

विद्यालयले विगत एक वर्षदेखि संस्कारगत जागरण अभियान समेत सञ्चालन गरिरहेको छ । उक्त अभियानबाट हालसम्म करिब ४ लाख रुपैयाँ सङ्कलन भइसकेको विद्यालयका प्रधानाध्यापक ओमप्रकाश विष्टले जानकारी दिए ।

अभियानमा अभिभावहरू विद्यालय पुगेर जन्म दिन मनाउने गर्दछन् । संस्कार सहितको शिक्षा प्रवर्द्धनका लागि विद्यालयका अभिभावकहरूको अगुवाइमा यस्तो अभ्यासको थालनी गरेको बताएको छ ।

विद्यालयका अभिभावक तथा समाजसेवी, शिक्षक र विद्यार्थीहरूले जन्मदिन, विवाह तथा वैवाहिक वर्ष गाँठ र अन्न प्राशनको अवसरमा विद्यालयमा गई यस्ता उत्सव मनाउने र विद्यालयलाई आर्थिक सहयोग समेत गर्दै आएका छन् । संस्कारलाई सेवा सँग जोड्न यस्तो अभियानको थालनी गरेको अभिभावकहरूको भनाइ छ ।

संस्कार पद्धतिहरू अनावश्यक खर्चिलो र देखासिकी एवम् तडकभडक हुन थालेपछि सेवा क्षेत्र भित्रका अभिभावक, विद्यार्थी र शिक्षकहरूले संस्कारलाई सेवा सँग जोड्ने कामको थाली भएको हो । जन्म, विवाह, पास्नी, वैवाहिक वर्ष गाँठ जस्ता मुख्य मुख्य संस्कारलाई सेवासँग जोड्दै सकारात्मक एवम् सृजनशील बनाउँदै लैजाने उद्देश्यले विद्यालयले यस्ता संस्कारहरूलाई विद्यालयको शैक्षिक सेवासँग जोड्ने कार्यको थालनी गरेको हो ।

२०८१ माघ १० गते देखि स्थानीय समाजसेवीहरू बमबहादुर पुन र इन्द्रबहादुर महराले जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग गरेपछि उक्त कार्यको थालनी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर विष्टले जानकारी दिए ।

अभिभावक तथा समाजसेवीहरूको जन्मोत्सव, विवाह उत्सव, वैवाहिक वर्ष गाँठ र अन्न प्राशनको उपलक्ष्यमा विद्यालयलाई सहयोग गरिन्छ । यस्ता उत्सवमा फजुल खर्च कटौती गरेर विद्यालयलाई सहयोग गर्ने परिपाटीको विकास गर्न यस्तो अभियान चालिएको विद्यालयको भनाइ छ ।

उक्त रकमलाई पारदर्शी ढङ्गले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सदुपयोग गरिने विद्यालयको भनाई छ । हाल छुट्टै बैङ्क खाता खोली उक्त रकम जम्मा गरेका छौ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्टले भने ।

विद्यालयको सेवासँग जोडिएर आ आफ्नो संस्कार अनुसार जन्म दिन, वैवाहिक वर्षगाँठ, अन्न प्राशन मनाउने व्यक्तिहरूले अघिल्लो दिन नै विद्यालयलाई जानकारी दिने गर्दछन् ।   सोही बमोजिम विद्यालयले बिहानी प्रार्थनाको समयमा पठन पाठनमा असर नपर्ने गरी संक्षिप्त कार्यक्रम आयोजना गर्दछ ।

विद्यार्थी, शिक्षक र अभिभावकहरूको उपस्थितिमा अबिर लगाई फूल दिएर उक्त संस्कार मनाउने चलन रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्टको भनाई छ । सो समयमा उपस्थित विद्यार्थी, अभिभावक र शिक्षकहरूले ताली बजाएर सामूहिक शुभकामना दिने गर्दछन् ।

सोही कार्यक्रममा उपस्थित विद्यार्थीहरूलाई चकलेट वितरण गर्ने चलन छ । समय धेरै नलागोस् भनेर कक्षा शिक्षकहरूले आ–आफ्नो कक्षाका विद्यार्थीलाई चकलेट वितरण गर्ने चलन रहेको विद्यालयको भनाई छ । यसलाई अझै थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारे छलफल गर्दै आएका विव्यस अध्यक्ष विष्टले भने ।

शाश्वत रूपमा चल्दै आएका संस्कारहरूलाई सेवासँग जोड्दै, जीवनशैलीमा ढाल्ने पवित्र उद्देश्यका साथ सुरु गरेको यो अभियान सकारात्मक छ स्थानीय अभिभावक फत्तेप्रचण्ड घर्ती मगरले भने ।

संस्कार सहितको शिक्षाका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने भएकाले अन्य विद्यालयहरूले पनि अनुसरण गर्नु पर्छ घर्ती मगरले भने । जन्म दिन, विवाह, अन्न प्राशन र वैवाहिक वर्षगाँठ जस्ता समारोहमा गरिने फजुल खर्च नियन्त्रण गर्दै सेवामूलक कामले प्रशय पाउने स्थानीय अभिभावकहरूको भनाई छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?