ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

एनपिएल महाकुम्भले जगाएको उत्साह 

४ मंसिर २०८२, बिहीबार
४ मंसिर २०८२, बिहीबार

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मङ्सिर १ गतेदेखि सुरु भएको छ ।

नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठुलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेट प्रेमीहरूको ध्यान नेपालतर्फ आकर्षित भएको छ ।

क्रिकेटमार्फत नेपाललाई विश्वमाझ चिनाउने यो ठुलो अवसर हो । फ्रेन्चाइज प्रतियोगिताका रूपमा व्यावसायिक प्रतिष्ठानहरूका साथै निजी क्षेत्रबाट करोडौँ लगानी गरिएको एनपिएल क्रिकेटको पहिलो संस्करणको सफलतापछि हिमालय महोत्सवका रूपमा दोस्रो प्रतियोगिताको सुरुवातले नेपाललाई क्रिकेटमय मात्रै बनाएको छैन, नेपालले क्रिकेटबाट ठुलो सफलता हासिल गर्छ भन्ने आम विश्वास सिर्जना भएको छ ।

यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने २४ दिनको उक्त प्रतियोगिताको उद्घाटन खेलको सबै टिकट तत्कालै बिक्री हुनु एनपिएल क्रिकेटप्रति अत्यधिक दर्शकको अपार मोह हो भन्दा अत्युक्ति हुँदैन ।

एनपीएलको दोस्रो संस्करणको विशेषता भनेको खेलाडीहरूले पहिलो पटक फ्लडलाईटमा खेल्न पाएका छन् । यद्यपि पहिलो पटक भएकोले खेलाडीहरूलाई थोरै असहज भने महसुस भएको छ । काठमाण्डौंमा यति बेला चिसो छ ।

खेलाडीहरू चिसोका कारण पनि खेलमा असहजता महसुस गरिरहेका छन् । अबको एनपीएलमा मौसम हेरेर पनि खेल आयोजना गर्नुपर्ने अवस्था अहिलेको अनुभवले देखाएको छ । जेहोस दोस्रो संस्करणको एनपीएलले पहिलो संस्करणमा जस्तै नेपालको पर्यटन बजारलाई विश्वमाझ प्रवद्र्धन गर्न सहयोग पुग्ने ठानिएको छ । विदेश खेलाडीको सहभागिताले पनि एनपीएलमा रौनकता थपेको छ ।

काठमाण्डौंको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भैरहेको एनपिएलको दोस्रो संंस्करणमा पनि पहिलेको जस्तै खेलाडीमा मात्र होइन खेलप्रेमीमा समेत उत्साह सिर्जना गरेको छ । वास्तवमा अन्तर्राष्ट्रिय हैसियतको यो खेलकुदले नेपालको गौरव बढाएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना गर्न नसकिएपनि कम्तीमा पनि पहिलो र दोस्रो संस्करणको एनपिएलमा सहभागी चर्चित र नाम चलेका विदेशी खेलाडीको सहभागीताले नेपालमा खेलकुदको रौनक बढाएको छ । साँचो अर्थमा भन्दा नेपाल खेलकुदमय बनेको छ ।

नेपालमा राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रिय स्तरकै खेलाडी पनि आउँछन र नेपालको नाम विदेशमा फैलाउन समेत सहयोग पुग्छ भन्ने यो प्रमाण पनि हो । नेपालमा क्रिकेटको भविष्य र संभावना छ भन्ने कुरा नेपालका खेलाडीले विश्व इतिहास कायम गरेको रेकर्ड आफै काफी छन् ।

खेल क्षेत्रमा अवसर पाउने हो भने राष्ट्रिय उत्साह सिर्जना गर्न सक्छन भन्ने नेपाली खेलाडी उदाहरण बनेका छन् । खेलाडीहरू नेपालमा अवसर नभएकै कारण विदेश पलायन हुन बाध्य भैरहेको बेला कम्तीमा पनि काठमाण्डौंमा भैरहेको एनिपएलले खेलाडीहरूको भविष्यको ढोका खोलेको छ ।

खेल त्यस्तो माध्यम हो– जसले नेपालको पहिचान अन्तर्राष्ट्रिय जगतमा फैलाउन सहयोग पुग्छ । खेल र खेलाडीले राष्ट्रकै प्रतिनिधित्व गरेका हुन्छन् । मैदानमा खेलाडीले गर्ने प्रदर्शन र देखाउने व्यवहारसँग देशको प्रतिष्ठा र चिनारी गाँसिएको हुन्छ ।

त्यसैले खेलाडीलाई सम्बन्धित राष्ट्रको सद्भावना दूतका रूपमा हेरिएको हुन्छ । दोस्रो संस्करणको एनपिएलले राष्ट्रको गौरव बढाउने निश्चित छ । एनपिएलका माध्यमबाट नेपालमा खेलको लहर सिर्जना हुनेछ ।

यद्यपि नेपालमा अहिले पनि खेलकुद विकासमा भौतिक पूर्वाधारको ठुलो अभाव छ । पर्याप्त बजेट अभावमा गतिला खेल स्थल निर्माण हुन सकेका छैनन् । भएका पूर्वाधार मर्मत अभावमा जीर्ण बन्दै गएका छन् ।

बल्लबल्ल त्रिवि क्रिकेट मैदानमा फ्लड लाईट जडान भएकोले नेपालको इज्जत जोगिएको छ । अबको दिनमा सरकारले नेपाली खेलाडीलाई स्वदेशमै वस्नसक्ने वातावरण सिर्जना गरोस् । एनपिएलले नेपालमा खेलको वातावरण सिर्जना गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।

जेहोस एनपिएलको दोस्रो संस्करणको महाकुम्भले नेपालको खेल जीवनलाई गति प्रदान गर्ने निश्चित छ । एनपिएलले नेपाली खेलाडीहरूमा आत्मबल बढाउन सहयोग पुग्नेछ । तसर्थ एनपिएललाई सफल बनाउन सरकारसँगै हरेक नेपाली खेल प्रेमीको कर्तव्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?