ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
राष्ट्रिय कर सप्ताह

कर तिर्ने सहज वातावरण बनाऊ

३ मंसिर २०८२, बुधबार
३ मंसिर २०८२, बुधबार

राष्ट्रिय कर सप्ताह दिवस सोमबारदेखि सुरु भएको छ । कर तिर्न नागरिकले सास्ती पाउने मुलुकको सूचिमा नेपालको पहिचान अग्रस्थानमा छ । कर तिर्ने नागरिकलाई राज्यले सम्मान गर्नुपर्नेमा उल्टो अपमान गर्ने गरेको छ ।

नेपालमा वर्षौँदेखि कायम यो बेथिति विरुद्ध कोही पनि बोल्ने आँटसम्म नगर्नु चिन्ताको कुरा हो । नागरिकले अहिले पनि ठुलो सास्ती पाउने गरेका छन् । २०४६ सालपछि जनताले अव त जनताको शासन आएको अनुभूति गरेका थिए तर उल्टो भयो । नागरिकले राहत होइन सास्ती पाउँदै गए ।

मालपोत, यातायात, नापी कार्यालय, कर कार्यालय, नागरिकता लिन र राष्ट्रिय परिचयपत्रका लागि अहिले पनि तालुक अड्डामा लाइन बस्नुपर्ने बाध्यता छ । त्यसमाथि कर तिर्ने कार्यालयमा त नागरिकले सेवा होइन आहत पाउने अवस्था छ ।

कर कार्यालयका हाकिमदेखि डराउनुपर्ने अवस्थाको देशका हामी नागरिक हुनुको विडम्बना मुलुकले अहिले पनि भोगिरहेको छ । वर्षमा एक दिन कर सप्ताहको अवसरमा करको विषयमा बखान गर्ने बाहेक कर प्रणालीमा सुधार भएको छैन । न त करदाता सेवाग्राहीलाई सम्मान छ ।

कर प्रणालीमा आधुनिकीकरण, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकास गरेर कर तिर्ने बानीको विकास गर्ने उद्देश्यले हरेक वर्ष मनाइने कर सप्ताह दिवस अहिलेसम्म औपचारिकतामै सीमित हुने गरेको छ । करको दायरा विस्तार गर्न, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वैच्छिक कर सहभागिता अभिवृद्धि गर्ने, कर छली र चुहावट रोक्ने लगायतका कार्यमा थप सक्रियताबाट मात्रै कर दिवस मनाउनुको औचित्य पुष्टि हुन्छ । २०४६ सालयता भने यो नारा केवल औपचारिक मात्रै बन्दै आएको छ ।

अर्थमन्त्री रामेश्वर खनालले उद्योगी व्यवसायीलाई आततायी बनाउने केही कर कार्यालय खारेज गर्ने घोषणा गरेका छन् । यो निर्णय स्वागतयोग्य छ । वास्तवमै नेपालको कर सङ्कलन प्रणाली धेरै पुरानो भैसकेको धेरै गुनासो आउने गरेको छ । यसमा आधुनिकीकरण गर्ने र कर सङ्कलन प्रक्रिया सरलीकरण गर्नेतर्फ सरकारले पहल नलिएसम्म सुधारको आशा गर्नु व्यर्थ हो ।

अर्थमन्त्री खनालले अहिलेकै सामान्य प्रणालीबाट कार्यसम्पादन गरेर राजस्वको लक्ष्य भेट्न सम्भव नभएको भन्दै कर प्रशासनमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् । वास्तवमा अव सरकारले नसोच्ने हो भने सरकारको कर प्रशासन लथालिङ्ग हुने मात्रै होइन, कर सङ्कलनमा समेत ठुलो गिरावट आएर मुलुकले नोक्सानी चुकाउनु पर्ने अवस्था आउन सक्छ । अबको दिनमा करको दायरा विस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली नियन्त्रणलगायतका कार्यमा थप सक्रियता अपनाउनेतर्फ ध्यान जाओस् ।

पछिल्लो समय सार्वजनिक ऋण र खर्च बढिरहेकाले आन्तरिक स्रोत परिचालन गर्नुपर्ने हुँदा राजस्व सङ्कलन लक्ष्य अनुसार बढाउँदै जानुपर्ने चुनौती छ । नेपालको कर सङ्कलन प्रणाली भुत्ते खालको छ । सूचना प्रविधिको प्रयोगमा विस्तार तथा त्यसको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत न्यून हुने गरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ ।

अबको दिनमा निजी क्षेत्रको आत्मविश्वास बढाउन र लगानीमैत्री वातावरण बनाउन सरकारको ध्यान जानुपर्ने अबको आवश्यकता हो । तसर्थ अबको दिनमा करमैत्री वातावरण सिर्जना गर्नेतर्फ सरकारको ध्यान जानु जरुरी छ । यी सबै चुनौतीको सामना सरकार र निजी क्षेत्र मिलेर गर्नुको विकल्प छैन ।

निश्चित रूपमा करप्रतिको सचेतना बढाउन पनि यो दिवसले सघाउ पु¥याउँछ तर यसलाई करदाताको पहुँचसम्म पु¥याउनु जरुरी छ । आगामी दिनमा करको दायरामा विस्तार गर्नुका साथै सम्बन्धित निकायलाई कर प्रशासनप्रति जिम्मेवार र जवाफदेही बनाउनु जरुरी छ । सरकारको ध्यान पुगोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?