ट्रेंडिंग:

>> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो

फूलमाला बिक्रीबाट १२ लाख आम्दानी

३ मंसिर २०८२, बुधबार
३ मंसिर २०८२, बुधबार

दाङ, ३ मंसिर ।

दाङमा व्यावसायिक फूल खेतीमा युवा आकर्षण बढ्दै गएको छ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पङ्गेनी, दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुर र घोराही –१७ गैरागाउँमा व्यावसायिक सयपत्री फूल खेती गरेर तिहारमा माला र फूल बिक्री गरेर १२ लाख आम्दानी गरेका छन् ।

कपिलवस्तुमा चार वर्षदेखि फूल खेती गरिसकेका पङ्गेनीले तीन वर्षदेखि दाङमा व्यावसायिक फूल खेती बिस्तार गरेका हुन् । उनले दाङमा १० कट्ठा जमिन मासिक दुई हजार तिर्ने गरी भाडामा लिएर फूल खेती सुरु गरेका थिए भने यो वर्ष घोराही –१७ गैरा गाउँमा १५ कट्ठा जमिन थप गरेर फूल खेती गरेका थिए ।

गत वर्ष १० कट्ठामा व्यावसायिक फूल खेती गरेका पङ्गेनीले यो वर्ष १५ कट्ठामा फूल खेती गरेका थिए । उनले यस वर्ष ‘कर्म ५५५’ जातको सयपत्री फूल खेती गरेका थिए ।
भास्करसँगै व्यवसायमा जोडिएका कृषि प्राविधिक सहायक दशरथ साउदले फूल खेतीको प्राविधिक पक्ष हेर्ने गरेका छन् ।

कृषि प्राविधिक पढेर कृषिमा लागेका साउदले फूल खेती अवलोकन गर्न आउनेलाई प्राविधिक ज्ञान दिने गरेका छन् । घोराही– १७ गैरागाउँमा फूल खेती गरिएको स्थानमा “एग्रो टुरिजम” सञ्चालन गरेका छन् ।

फूलेका फूललाई सदुपयोग गर्न र टिकटक बनाउने स्थान बनाएर रमाइलो गर्ने ठाउँ बनाइदिएको साउदले बताए । ढकमक्क फूलेका फूलले बारी मनमोहक देखिएको छ । तिहार सकिए पनि फूल ढपक्क फूलेका छन् ।

टिकटक बनाउन आउनेलाई फोटो खिच्ने ठाउँ गजबको भएको छ । घोराही–धारा पानी सडक खण्ड पर्ने सो स्थानमा बाटो हिँड्ने बटुवा सबैको मन फूलले तान्ने गरेको छ । तिहार सकियो, फूलको सदुपयोग गरौँ भनेर यस्तो सोचाइ गरेको उनले बताए ।

पाँच लाख लगानी गरेर फूल खेती गरेको यसपालि तिहारमा १२ लाखको फूल बिक्री गरेको उनले बताए । गत वर्षभन्दा यो वर्ष राम्रो आम्दानी भयो । तिहारमा फूल प्रतिकिलो ३५० देखि आठ सय सम्ममा बिक्री गरेको उनले बताए ।

दाङको फूल काठमाडौँ, बुटवल, धरान, इटहरी, सर्लाही, कपिलवस्तु, पोखरा र दाङमा बिक्री भएको भाष्कर पंगेनीले बताए । युवालाई कृषिमा आत्मनिर्भर बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

स्वदेशी उत्पादनलाई बिक्री गर्न सहयोग गर्नुपर्ने धारणा राखेका छन् । स्वदेशमै फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले एक लाख आठ हजारको फूलको बिउँ किनेर खेती सुरु गरेको उनले बताए ।

एक सय ८ युवालाई कृषि उधमी बनाउने तथा रोजगार प्रदान गर्ने अभियान अन्तर्गत देशव्यापी रूपमा युवालाई कृषिमा सहभागी हुन पङ्गेनीले आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?