© २०२३
बर्दघाट, १ मङ्सिर ।
दोस्रो एन पि एल क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ ।
डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गर्दै काठमाडौँ गोर्खाजले विजयी सुरुवात गरेको हो । जनकपुर बोल्टसले राखेको १ सय ३१ रनको मध्यम लक्ष्य काठमाडौँले निर्धारित २० ओभरको १२ बल बाँकी छँदै ५ विकेटको क्षतिमा भेटाएको थियो ।
आक्रमक सुरुवात गरेको काठमाडौँका लागि ओपनर द्वय आकाश त्रिपाठी र बेन चार्लेसवर्थले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए ।
वेनले मात्र २३ बलमा ४६ रन बनाउँदै पवेलियन फर्के, उनलाई लोफि इटोनले कट एन्ड बोल्ड गरेका थिए । अर्का ओपनर आकाश त्रिपाठी ३९ रनमा आउट भए । कार्यक्रम मिलिन्द कुमारले १९ र जोन सिम्पसनले १३ रनको योगदान गरेका थिए ।
आदिल आलमले ४ बलमा ८ रन बनाउँदै अविजित रहे । जनकपुरको लागि किशोर महतो, अनिल शाह, ललित राजवंशी र सञ्जय कृष्णमुर्तिले १–१ विकेट लिएका थिए ।
टस हारि पहिले ब्याटिङ गरेको जनकपुरले सुखद सुरुवात गर्न सकेन । ओपनर लाहिरु मालिन्था ७, कप्तान अनिल शाह सुन्य, लोफि इटन र सञ्जय कृष्णमुर्ति समान २–२ रन बनाउँदै सस्तैमा समेटिएपछि टिम दबाबमा परेको थियो ।
लगातार विकेट गुमाएर दबाबमा आएको जनकपुरका लागि आशिफ शेखले ५४, मयन यादवले ३४ र लाहिरु समराकुनले २२ बाहेक अन्यले दोहोरो अँक समेत जोडन सकेनन् । जनकपुर निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र १ सय ३० रन जोडन सकेको थियो ।
जनकपुरलाई सस्तैमा समेटने क्रममा काठमाडौँका मिलिन्द कुमारले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै करन के.शी., शहाव आलम र सन्तोष यादवले समान १–१ विकेट लिएका थिए ।
एन पि एल मा मङ्सिर २ गते पहिलो खेल ११ः४५मा चितवन राइनोज विरुद्ध कर्णाली याक्स र दोस्रो खेल ४ः०० बजे विराटनगर किँगस विरुद्ध पोखरा एभेन्जर्स विच हुनेछ ।