© २०२३
बुटवल, ७ पुस ।
बुटवल टुडे दैनिकका उपसम्पादक कृष्ण खनाल शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । कालिका मानवज्ञान मावि बुटवलको ६२ औ वार्षिकोत्सवका अवसरमा पत्रकार खनाललाई उक्त पुरस्कारसहित सम्मान गरिएको हो ।विद्यालयमा आयोजित वार्षिकोत्सव मूल समारोहमा पत्रकारिताको माध्यमबाट सामुदायिक शिक्षाको समुन्नतिमा योगदान पुर्याए वापत खनाललाई पुरस्कृत गरिएको हो । त्यस्तै कान्तिपुर दैनिककी सम्वाददाता सन्जु पौडेल, रातोपाटी अनलाईनका ब्युरो प्रमुख तेजेन्द्र के.सी, दैनिक लुम्बिनीकी प्रतिमा गौतमलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
वि.स. २०६५ सालदेखि हरेक वर्ष विद्यालयले शिक्षा पत्रकारिता पुरस्कार प्रदान गर्दै आईरहेको छ.। उक्त कार्यक्रममा विद्यालयका विभिन्न तहहरुमा उच्च शैक्षिक उपलब्धि दिलाउने १०१ जना शिक्षक तथा कर्मचारीहरुलाई नगद, प्रमाणपत्र र दोशाल्लाले सम्मान गरियो. । विद्यालयले हरेक वर्ष कार्यसम्पादनको आधारमा छनौट गर्ने वर्ष शिक्षक सम्मान कृष्ण प्रसाद गौतमलाई र वर्ष उत्कृष्ट इन्चार्ज सम्मान नरेन्द्र पौडेललाई प्रदान गरिएको छ.।
वार्षिकोत्सव मूल समारोहमा पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य लिला गिरिले विद्यालयमा निर्मित १२ कोठे भवनको उदघाटन गरेका थिए. । कार्यक्रममा बोल्दै पूर्वमन्त्री गिरीले गुणस्तरीय शिक्षा प्राप्तिमा आर्थिक, सामाजिक, भौतिक र नीतिगत समस्याहरु भएको र आफुले ती समस्याहरु समाधान गर्नको लागि सधै सहयोग गर्ने बताए.।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए. । प्रतिवेदन प्रस्तुत गर्दै थापाले सामुदायिक विद्यालयमा समेत अविभावाकहरुको लगानी बढ्दै गएकोले सामुदायिक विद्यालयहरु समेत सर्वसाधारणको पहुँच भन्दा बाहिर जाने डर बढ्दै गएको चिन्ता व्यक्त गर्दै कालिकालाई सबै खाले विद्यार्थीहरुको शिक्षा प्राप्तिको उत्कृष्ट थलो बनाउने योजना विद्यालयले बनाएको र यसमा अभिभावक, समुदाय र तिनै तहका सरकारले इमान्दारिताका साथ् सहयोग गर्नुपर्ने बताए.।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडा नम्बर १० का वडअध्यक्ष बलु पुन, अभिभावक इन्द्रमणि अर्याल, नित्यानन्द ज्ञवाली, होम बहादुर गलामी, घनश्याम पाठक लगायतले सामुदायिक शिक्षाको अवस्था र कालिकाले शिक्षामा पुर्याएको योगदानको चर्चा गरेका थिए. । उक्त अवसरमा विद्यालयले हरेक वर्ष प्रकाशन गर्दै आएको कालिका मुखपत्रको विमोचन गर्नुका साथै दोश्रो जिल्लास्तरीय कालिका रनिंग शिल्ड खेलकुद प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय भएका विद्यालयहरुलाई शिल्ड र पुरस्कार प्रदान गरिएको थियो.
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी