ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

कात्तिक महिनामा १४ अर्बले घट्यो राजस्व संकलन

१ मंसिर २०८२, सोमबार
१ मंसिर २०८२, सोमबार

काठमाडौं ।

कात्तिक महिनामा राजस्व संकलन कमजोर भएपछि सरकारी ट्रेजरीमा अप्ठ्यारो अवस्था देखिन थालेको छ ।

अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकले राजस्व संकलनमा आएको गिरावटले वित्तीय व्यवस्थापनमा दबाब बढेको संकेत दिएको हो ।

तथ्यांक अनुसार पहिलो चौमासिक अर्थात् कात्तिक मसान्तसम्म सरकारले कुल ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । असोजसम्म राजस्व २ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ संकलन भएकोमा कात्तिकसम्मको रकम वार्षिक लक्ष्यको ७७.४९ प्रतिशत मात्र हो ।

कात्तिक महिनामा सरकारले १ खर्ब ३ अर्ब ६९ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको थियो, तर यो महिनामा जम्मा ७८ अर्ब ३३ करोड रुपैयाँ मात्रै संकलन हुन सक्यो । यो मासिक लक्ष्यको ७५.५४ प्रतिशत मात्र हो, जुन अघिल्लो महिनाको तुलनामा १४ अर्ब १३ करोड रुपैयाँ कम हो ।

असोज महिनामा लक्ष्य प्राप्तिको दर ८९.७१ प्रतिशत रहेकोमा कात्तिकमा यो दर १४.१७ प्रतिशत बिन्दुले घटेको छ । यसले समग्र वार्षिक लक्ष्य प्राप्तिमा पनि ०.६३ प्रतिशत बिन्दुले नकारात्मक प्रभाव पारेको देखिन्छ ।

कात्तिकमा राजस्व घट्नुमा सबै शीर्षकका राजस्वमा आएको गिरावट जिम्मेवार रहेको अधिकारीहरूको निष्कर्ष छ । विशेषगरी भन्सार महसुलमा देखिएको कमी प्रमुख कारण बनेको हो । कात्तिकमा भन्सार महसुलको लक्ष्य प्राप्ति दर ६८.९३ प्रतिशत मात्र रह्यो, जबकि असोजमा यो दर ८९.१७ प्रतिशत थियो ।

भन्सार संकलन घटेपछि भन्सारमै आधारित मूल्य अभिवृद्धि कर पनि प्रभावित भयो । असोज मसान्तसम्म लक्ष्यको १०२.१७ प्रतिशत पुगेको भीएटी कात्तिकमा झरेर ७५.७९ प्रतिशतमा सीमित भएको छ । पैठारीमा आधारित अन्तशुल्क संकलन पनि असोजको ८४.५० प्रतिशतबाट घटेर कात्तिकमा ७०.०२ प्रतिशत पुगेको छ ।

कात्तिक मसान्तसम्म संकलित कुल राजस्वमध्ये भन्सार महसुल ७४ अर्ब ५९ करोड, आयकर ९३ अर्ब २३ करोड, मूल्य अभिवृद्धि कर १ खर्ब २५ अर्ब २८ करोड, अन्तशुल्क ६२ अर्ब १ करोड, गैरकर आम्दानी १९ अर्ब ६५ करोड, शिक्षा सेवा शुल्क तथा अन्य राजस्व १ अर्ब ६१ करोड र विविध प्राप्ति २ अर्ब ९६ करोड रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

सरकारका अनुसार चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको छ, तर हालसम्म संकलित रकम वार्षिक लक्ष्यको २२.२६ प्रतिशत मात्रै पुगेको छ ।

आर्थिक मन्दीका कारण व्यवसायिक नाफामा आएको गिरावटले आयकर संकलनमा दबाब बढाएको अधिकारीहरूको भनाइ छ । चाडपर्वका कारण असोजमा आयात र उपभोगमा वृद्धि भई अप्रत्यक्ष करमा केही सुधार देखिए पनि कात्तिकमा आयातमा आधारित राजस्व नै घटेपछि समग्र राजस्व संकलनमा थप निराशा देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?