ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

 समूहमा आबद्ध भएर आयआर्जन गर्दै दाङका महिला

१ मंसिर २०८२, सोमबार
१ मंसिर २०८२, सोमबार

दाङ, १ मङ्सिर । 

घोराही उपमहानगरपालिका –२ निमुरियाकी दामी चौधरी गुरधौली महिला कृषि समूहमा आबद्ध भएकी छन् ।

उनले समूहमा बसेर पैसा बचत गर्ने, अनावश्यक खर्च कम गर्न जस्ता कुराको ज्ञान लिएकी छन् । समूहमा सिकेको कुरालाई आफूमा लागु गर्नुपर्छ भनेर उनले बङ्गुर पालन, तरकारी खेती र घरमै नास्ता पसल पनि सञ्चालन गरेकी छन् ।

यी कामबाट उनलाई घर खर्च चलाउन सजिलो भएको छ । उनले भनिन्, ‘अहिले व्यावसायिक रूपमा काम गर्न थालेपछि आर्थिक रूपमा सबल बन्दै गएको छु ।’ समूहमा आबद्ध भएर ज्ञान सीप आर्जन गर्ने अनि आफूमा लागु गर्दै आएकी दामीले गाउँका अन्य महिलालाई सिकाउने गर्छिन्  ।

घोराही उपमहानगरपालिका वडा नम्बर २ सुर्के डाँगीकी सन्तोषी चौधरी व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएकी छन् ।

केही वर्ष अघिसम्म उनले निर्वाहमुखी खेती गर्दै आएकी थिइन् । गाउँ टोलमा रहेको जलजला महिला कृषि समूहमा आबद्ध भएपछि व्यावसायिक तरकारी खेतीबारे जानकारी लिइन् ।

उनले भनिन् ‘पहिले निर्वाहमुखी खेती गर्दै आएको थिए अहिले त सीप र व्यवहारिक पक्षका बारेमा जानकारी पाएपछि व्यावसायिक रूपमा खेती गर्न थालेको  छु, कमाई पनि राम्रो भएको छ  ।’ यसैबाट घर व्यवहार चलेको छ, अलिअलि बचत पनि गरेको छु ।

घोराही उपमहानगरपालिका वडा नम्बर ८ बेलुवाकी तिला चौधरी सगरमाथा महिला समूहकी अध्यक्ष हुन् ।

हिजो आज उनको दैनिकी फेरिएको छ । अहिले व्यावसायिक बाख्रा, कुखुरा पालन र तरकारी खेतीमा जोडिएकी तिलालाई घरमा सबैको साथ मिलेको छ । उनले बनाएको खोरमा अहिले कुखुरा हुर्किरहेका छन् । तरकारी बिक्री गरेर आम्दानी हुन थालिसकेको छ ।

समूहबाट घुम्ती कोष सहयोग लिएर तरकारी खेती, कुखुरा पालन, बङ्गुर पालन, किराना पसल र नास्ता पसल सञ्चालन गरेर आयआर्जन गर्दै आएको उनले बताइन् । गाउँका ३० जना महिलाहरू समूहमा आबद्ध भएर सीप सिक्ने, आत्मविश्वास जगाउने तथा वित्तीय साक्षरताका बारेमा धेरै कुराको ज्ञान हासिल गरेर कृषि पेसामा जोडिएकी छिन् ।

समूहमा जोडिएर व्यावसायिक तरकारी खेती गर्न थालेपछि सन्तोषी बाह्रै महिना खेतबारीमा व्यस्त हुन थालेकी छन् ।  तीन वटा वडामा १३ वटा महिला समूह गठन गरिएको छ । जसमा करिब ४ सय बढी महिला दिदीबहिनीहरू आबद्धता छ ।

यति मात्रै होइन, बालबालिकाहरुमा सचेतना बढाउन र भोलिको सुन्दर भविष्य निर्माणका लागि तीन वटै वडामा वडा स्तरीय युवा क्लब पनि गठन गरिएको छ । जसबाट बालविवाह अन्त्य, लैङ्गिक हिंसा निवारणका बारेमा  सचेतना फैलाउने काम हुँदै आएको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरा मोती चौधरीले बताइन् ।

समूहले महिलाहरूको जीवन बदल्न तथा सामाजिक रूपान्तरणमा ठुलो भूमिका खेल्ने काम गरेको घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष चित्रबहादुर चौधरीको धारणा छ ।

जसका कारण आज उनीहरू समाजका विभिन्न क्षेत्रमा स्थापित हुँदै गएको हुँदा समाजमा धेरै कुराको आयाम थपिएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?