ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

नारामै सीमित अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

१ मंसिर २०८२, सोमबार
१ मंसिर २०८२, सोमबार

आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस ।

आजका विद्यार्थी भोलिको नयाँ नेपाल निर्माणका आधार हुन । विद्यार्थीहरू परिवर्तनका संवाहक हुन् ।

विगतमा विद्यार्थीहरूले गरेको असल कर्मले शिक्षा क्षेत्र मात्र होइन, समग्र व्यवस्था परिवर्तनमै महत्त्वपूर्ण योगदान पुगेको कुरा बिर्सन सकिदैन् । अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाई रहँदा विद्यार्थीहरूले मुलुकको परिवर्तनका लागि खेलेको भूमिका कहिल्यै बिर्सन सकिँदैन ।

गत भदौ २३ गतेको जेनजी आन्दोलन विद्यार्थीहरूकै नेतृत्वमा भएको थियो । तर, २४ गतेको आन्दोलनलाई ध्वंसात्मक बनाइयो । जेनजी विद्यार्थीको भावनाको दुरुपयोग गरी धमिलो पानीमा माछा मार्ने तत्त्वले फाइदा लियो ।

निश्चित रूपमा विद्यार्थीहरूले परिवर्तन खोजेका छन् । भ्रष्टाचारको अन्त्य र सुशासनको माग उनीहरूको प्राथमिकता हो । जेनजी आन्दोलनको माग पनि सुरुवातीमा त्यही थियो तर आन्दोलनलाई गलत दिशामा लैजाने प्रयास भयो ।

अबको दिनमा विद्यार्थीलाई असल अभ्यास, नैतिकवान् र अनुशासित बनाउनु जरुरी छ । विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ ।

विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठुला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरू भएका छन् । विद्यार्थीहरूको यही योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रूपमा मनाउने गरिन्छ ।

भदौ २३ को जेनजी आन्दोलन विद्यार्थी आन्दोलन नै थियो । तसर्थ जेनजी आन्दोलनको सन्दर्भमा विद्यार्थीहरूको भूमिका अझै महत्त्वपूर्ण रहेको कुरा कहिल्यै बिर्सन सकिदैन् । नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना गर्न होस् वा २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना गर्ने दौरानमै किन नहोस्, विद्यार्थीको भूमिका महत्त्वपूर्ण थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थीले खेलेको भूमिका कहिल्यै कम आँक्न सकिदैन् । किनभने जेनजी आन्दोलनको त्यही मर्म र भावना हो भन्दा अत्युक्ति हुँदैन । विगतमा विद्यार्थीहरूले गरेको आन्दोलनलाई अझै माथि उचाईमा पु¥याउनु जरुरी छ ।

तर, अहिले पनि विद्यार्थीहरूमाथि शोषण भइरहेको छ । चाहे शुल्कका नाममा होस् चाहे त्यो सरकारी विद्यालय नै किन नहोस् । विद्यार्थीले चाहेको कलेज पढ्न नपाउने अवस्था छ । संविधानले शिक्षा निःशुल्क हुनुपर्ने व्यवस्था गरेको छ तर धेरै विद्यार्थीको आर्थिक पहुँच नहुँदा विद्यार्थीहरू राम्रो शिक्षाबाट वञ्चित भएका छन् ।

इतिहासमा उल्लेख भए अनुसार सन. १९३५ तिर नाजीहरूले चेक रिपब्लिकका विश्वविद्यालयहरूमा आक्रमण गरेका थिए । त्यहाँ उनीहरूले केही विद्यार्थीहरूको हत्या मात्र गरेनन्, विद्यार्थीहरूलाई नियन्त्रणमा लिएर कन्सन्ट्रेसन क्याम्पहरूमा पनि पठाएका थिए ।

त्यति बेला प्राग विश्वविद्यालयमा भएको नाजी आक्रमणमा नौ जना विद्यार्थीको हत्या भएको थियो । त्यति बेला हत्या गरिएका ९ विद्यार्थी र १२ सय विद्यार्थीको सम्झनामा यो दिवस मनाउन थालिएको थियो ।

त्यसपछिमात्रै विश्वमा विद्यार्थीहरूले आफूहरूमाथि परेको दमन र शोषणविरुद्ध आवाज उठाउन थालेका हुन् । नेपालमा भने राणा शासनकालमा स्कुल खोल्न प्रतिबन्ध जस्तै गरिएको अवस्थामा विद्यार्थीहरू त्यति बेलादेखि जुर्मराउन थालेका हुन ।

नेपालमा स्कुल खुलेपनि अत्यन्त थोरैमात्र विद्यार्थीले पठनपाठनको अवसर पाउने गर्दथे । शिक्षा पाउने अधिकारबाट समेत वञ्चित गर्ने जुन काम भयो, त्यसका विरुद्ध भारतबाटै विद्यार्थीहरू एकजुट हुने अवस्था भयो । यो इतिहासले पनि पुष्टि गर्दछ– नेपालमा भएका ठुला राजनीतिक परिवर्तनहरूमा विद्यार्थीहरूको विशेष भूमिका थियो । जेनजी आन्दोलनले विद्यार्थीको भूमिकालाई अझै सशक्त बनाईदिएको छ ।

अबको दिनमा विद्यार्थीमाथिको भेदभाव, थिचोमिचो र अन्याय कदापि सैह्य हुन सक्दैन् । विद्यार्थीहरूले मनाउने यो दिवस केवल नारामै सीमित हुँदै आएको छ । तसर्थ अबको दिनमा विद्यार्थीहरूले नै आफ्नो अधिकारको बारेमा बोल्नु जरुरी छ ।

अनिमात्र यो दिवस मनाउनुको सार्थकता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?