ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

हुलाकी सडकको घोराही खोला पुलले स्थानीय खुसी

१ मंसिर २०८२, सोमबार
१ मंसिर २०८२, सोमबार

चन्द्रौटा, ०१ मङ्सिर । 

कपिलवस्तुको बहादुरगञ्ज–रामनगर हुलाकी सडक अन्तर्गत पर्ने घोराही खोलामा पुल निर्माण कार्य सुरु भएको छ ।

वर्षाैंदेखि जोखिम मोलेर यात्रा गर्दै आएका स्थानीयवासी पुल निर्माण थालिएसँगै उत्साहित बनेका छन् । स्थानीय नसिम अहमदले आवतजावतमा निकै जटिल रहेको थियो । पुल निर्माण कार्य सुरु भएपछि खुसी लागेको बताए ।

जसले घोराही खोलाको जोखिमपूर्ण बाटो वर्षाैंदेखि भोगिरहेका थिए, पुल निर्माण सुरु भएको खबरले अत्यन्तै उत्साहित छन् । “आवतजावत निकै जटिल थियो ।

बच्चादेखि बुढाबुढी सबैलाई जोखिम थियो । अब पुल बन्छ भनेर सोच्दा नै हल्का महसुस भइरहेको छ”-ः नसिम भने । घोराही खोला सुक्खा मौसममा सामान्य लागे पनि वर्षा सुरु भएपछि खासै ठुलो नदेखिने खोला एकाएक बाटो रोक्ने, यात्रु अल्झाउने र कहिलेकाहीँ दुर्घटनासमेत निम्त्याउने परिवेश बन्ने गरेको उनले बताए ।

सडक निर्माण कार्य सकिए पनि पुल नहुँदा स्थानीयसँगै आवतजावत गर्ने यात्रुहरूलाई समस्या हुँदै आएको अर्का स्थानीय दिलीप यादवले बताए ।

बहादुरगञ्ज–रामनगर हुलाकी सडकको घुमाउरो मोड पार गर्दै घोराही खोलातिर झर्दा हरेक वर्षको बर्खामा यहाँको दृश्य एकै प्रकारको हुन्थ्यो–खोला वढेर बगिरहेको, किनारमा उभिएका मानिसहरू बाटो पर्खिरहेका र जो कोही पार गर्न खोज्छन्, उनीहरूका हातमा ज्यानको जोखिम । तर यस वर्षको बर्खा केही फरक हुनेछ ।

अब त्यही जोखिम र पीडाको कथा, पुल निर्माण सुरु भएपछि, अन्त्य हुँदैछ । हुलाकी सडकमा पर्ने घोराही खोलामा पुल निर्माणको कार्य सुरु भएको छ ।  पुल निर्माणका लागि ठेक्का प्रक्रियामा गई सम्झौता समेत भई सकेको ठेकेदार पक्षले जनाएको छ ।

निर्माण कम्पनीले ६ करोड लागत रकमको प्राइस स्ट्याबिलाइजेशनसहित पुल निर्माण हुन लागेको हो । घोराही नदीमा पुल निर्माणका लागि प्रगति कन्स्ट्रक्सन प्रतिभा जेभी बुटवलले ठेक्का पाएको छ । दिनहुँ हजारौँ यात्रुहरू सो सडकमा आवतजावत गर्ने गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग, पोस्टल राजमार्ग निर्देशनालयले ठेक्का कार्यको लागि न्यूनतम मूल्याङ्कनमा परेको प्रगति कन्स्ट्रक्सन–प्रतिभा जेभी निर्माण कम्पनीलाई ठेक्का दिएको जनाएको छ ।

निर्माण कार्य अन्तर्गत बहादुरगञ्ज–रामनगर सडक खण्डमा २५ मिटर आरसिसी पुल र हुलाकी राजमार्गमा १५ मिटर आरसिसी पुल निर्माण गरिनेछ । साथै हुलाकी राजमार्गमा आवश्यक संरचनासमेत निर्माण पनि गरिने जनाइएको छ ।

पुल निर्माणका लागि २०८२ असार ३१ गते सम्झौता भई सकेको र २०८४ असार ३० गते पुल निर्माण कार्य सम्पन्न हुने ठेकेदारले जानकारी दिएको छ । हुलाकी सडक कालोपत्रे भए पनि विविध कारणले घोराही खोलाका पुल निर्माण हुन सकेको थिएन ।

अब यस खोलामा पुल निर्माण भएपछि स्थानीय विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको भनाइ छ ।

“हुलाकी सडक कालोपत्रे बनेपछि पनि पुल नहुँदा विकास रोकिएजस्तै भएको थियो । अब पुल निर्माणले व्यापार, शिक्षा, स्वास्थ्य सेवासहित सम्पूर्ण क्षेत्रमा नयाँ ऊर्जा थप्नेछ” उनले भने ।

पुल निर्माण थालिएसँगै अब यो खोला ‘डर’ होइन, ‘विकास’ को मार्ग बन्ने स्थानीयको विश्वास छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?