Butwal Today

श्री मंगलमय बचत सहकारीको १८औं साधारण सभा सम्पन्न

३० कार्तिक २०८२, आइतबार
अ+
अ-

बुटवल, ३० कात्तिक ।

श्री मङ्गलमय बचत तथा ऋण सहकारी संस्था ली. को १८औ साधारण सभा तथा छैटौँ निर्वाचन सम्पन्न भएको छ ।

कार्यक्रममा  अध्यक्ष क्या किसान बहादुर थापा, तिनउं गाउँपालिका उपाध्यक्ष क्या  लाल बहादुर थापा, सचिव मिन बहादुर सारू र  सदस्य थर्क बहादुर बारघरेको सहभागिता थियो

अध्यक्षले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष राम बहादुर थापाले संस्थाको वार्षिक आर्थिक प्रतिवेदन पेस गरेका थिए , संस्थामा कुल १४३४ सदस्य रहेको र कुल पुँजी ५२,८४,५३,६९४/३६ रहेको छ ।

सभाले पुनः क्या किसान बहादुर थापाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ ।

उपाध्यक्षमा तुलसा कबदार, सचिव थर्क बहादुर बारघरे, कोषाध्यक्ष राम बहादुर थापा, सदस्यहरू तेज बहादुर पुन, भेक बहादुर सारु, सिमन कुमार राना, ज्ञान कुमारी राना, लौमाया राना । यसै अवसरमा संस्थाले जैष्ठ शेयर सदस्य, असल बचत कर्ता, असल कारोबार गर्ने उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरेका थिए  ।