कतार, ३० कात्तिक ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (शाखा) कतारले कृष्ण प्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै चौथो अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ ।
अधिवेशनले ढकालको अध्यक्षतामा २५ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागी प्रतिष्ठानको नयाँ नेतृत्व चयन गरेको हो ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा कृष्ण दर्लामी,द्वितीय उपाध्यक्षमा गोविन्द कटुवाल, महिला उपाध्यक्षमा रेश्मी सेन्चुरी सचिवमा प्रकाश दर्नाल, कोषाध्यक्षमा गोकुल प्रसाद सापकोटा, महिला सचिवमा लक्ष्मी कार्की, सह-सचिवमा बाबु कौशल, र सह-कोषाध्यक्षमा पुकार थापा निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा राजन परियार, सगिंत वि.सी, श्याम पाण्डे, नारायण देवकोटा, नयन शर्मा, प्रताप मुस्कान, सन्तोष विश्वकर्मा, लक्ष्मी प्रसाद सापकोटा, विशन वि.सी, देव बहादुर विश्वकर्मा, जमुना बि.सी, गंगा वि.सी,सोम विश्वकर्मा, तारा वि.सी, खड्ग बस्नेत, र गीता भट्टराई रहेका छन् ।
संस्थाको नवौँ स्थापना दिवस,आठौँ वार्षिक साधारण सभा तथा विविध सांस्कृतिक कार्यक्रम संस्थाका अध्यक्ष शिवराम ढकालको सभापतित्व तथा प्रतिष्ठान शाखा कतारका संस्थापक अध्यक्ष कृष्ण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
विधिगत रूपमा स्थापना दिवसको अवसरमा केक काटेर समुद्वघांट्न गरिएको कार्यक्रममा विभिन्न विधाका कलाकारहरूको प्रस्तुति रहेको थियो ।
प्रतिष्ठानको तीन बर्षे कार्यकालमा आयोजना गरेका हरेक कार्यविधि तथा परियोजनालाई विभिन्न कोणबाट सहयोग पुर्याउँदै आएका विभिन्न संघ संस्था व्यवसायी समाजसेवी, कलाकार तथा पत्रकारहरूलाई सम्मान गरिएको थियो ।
अधिवेशनको अवसरमा “प्रतिष्ठान शाखा” कतारमा रहेका नेपालीहरूको गहना रहेको खुलेर प्रशंसा गर्दै हाम्रो कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको दायित्व रहेको शुभकामना वक्ताहरूको भनाई रहेको थियो ।
प्रमुख अतिथि बरालले आफ्नो मन्तव्य बोल्दै संस्था स्थापना गर्दाको दुख र क्षणलाई सम्झिँदै संस्थामा रहेर योगदान पुर्याएका व्यक्तित्वहरूलाई प्रतिष्ठान नेपालले जिल्ला संस्था सरहको स्थान दिएकोमा दुख व्यक्त गरे। उनले हाम्रो योगदानको मूल्याङ्कन र कदर न भएको बताउँदै अधिकार खोज्ने समय आएको बताए ।
बरालले अब बन्ने नयाँ कार्यसमितिले संस्थालाई थप बलियो बनाउने,गीत सगिंतलाई माया गर्ने कलाकारहरूको भविष्य खोज्ने कलाकारहरूको श्रम र हक अधिकारको संरक्षणका साथै मौलिक सिर्जनाको सम्मान र नव प्रतिभालाई प्रोत्साहन गर्ने जस्ता महत्त्वपूर्ण कार्य गर्नेमा विश्वास व्यक्त गरे ।
सभापति ढकालले नेपाली गीत सगिंतलाई विदेशमा पनि संस्कृति झल्काउने र विश्व स्तरमा पुर्याउन आफ्नो भरपूर्ण कोसिस रहेको बताए ।
उनले आफ्नो कार्यकालमा राष्ट्रिय लोक तथा दोहोरीगत प्रतिष्ठान नेपालबाट उत्कृष्ट विदेश शाखाको रूपमा सगर्व सम्मान पाउन सफल भएकोमा सम्पूर्ण कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दै आफ्ना कार्यकालमा बाकी रहेका काम नयाँ कार्यसमितिले पूर्णता दिने विश्वास गरे ।