Butwal Today

सुनको मूल्य तोलामा ६ हजार ९ सय रुपैयाँले घट्यो

३० कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

३० कात्तिक, काठमाडौं । आइतबार सुनको भाउ एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ भने अघिल्लो दिन यो २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको भाउ घटेपछि नेपाली बजारमा पनि प्रभाव परेको छ । यसअघि असोज ३१ गते सुनको भाउ नेपालमा हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी आइतबार ३ हजार १३५ रुपैयाँमा आएको छ । असोज ३१ गते नै चाँदी हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँमा पुगेको रेकर्ड छ ।